नेपालमा ३१ देशका लागुऔषध कारोबारी

१ कात्तिक, काठमाडौं । नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र ५ लाखसम्म जरिवानाको कानुनी प्रावधान छ।जव कि विश्वका धेरै देशमा लागुऔषध कारोबारीलाई मृत्युदण्डसम्मको सजाय छ।

कम सजाय भएकाले धेरै विदेशी कारोवारीले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन्। सजाय कम हुनु पनि नेपाल ट्रान्जिट हुनुको एउटा कारण भएको प्रहरीको लागु औषध नियन्त्रण ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दले बताए। एयरपोर्ट सुरक्षा र रुट फेरेर लैजादा सहज हुने भएकाले उनीहरुले नेपाल रोज्ने गरेका छन्।


Facebook Comment


No ads found for this position