यी हुन् दुनियाका सबैभन्दा सुरक्षित र असुरक्षित देशहरु

नेपाल विश्वमा सुरक्षा अवस्था कमजोर भएको मुलुकको सूचिमा परेको छ । वल्र्ड इकोनोमिक फोरमको ग्लोबल ट्राभल एण्ड टुरिजम रिपोर्ट अनुसार नेपाल सुरक्षाको दृष्टिकोणले विश्वको २९ औँ असुरक्षित देश बनेको छ ।

ट्राभल एण्ड टुरिजम कम्पिटेटिभनेस रिपोर्ट, २०१५ का अनुसार नेपाल सेफ्टी एण्ड सेक्योरिटी सूचकांकमा कूल १४१ देशमा १ सय १३ औँ स्थानमा परेको छ । सुरक्षा सूचकमा नेपालले ४.५२ अंक पाएको छ ।

रिपोर्ट अनुसार फिनल्याण्ड विश्वको सबैभन्दा सुरक्षित देशको रुपमा रहेको छ भने अपि|mकी देश नाइजेरिया सबैभन्दा असुरक्षित अर्थात् खतरनाक देशको रुपमा गिनिएको छ । फिनल्याण्डको ६.७ अंक छ भने नाइजेरियाको २.७५ अंक रहेको छ ।
विश्वको सबैभन्दा सुरक्षित गन्तव्यको रुपमा दोश्रो स्थानमा कतार रहेको छ । त्यस्तै युएइ तेश्रो, आइसल्याण्ड चौथो र अस्टि्रया पाचौँ स्थानमा रहेका छन् ।

त्यस्तै विश्वका सबैभन्दा असुरक्षित पाँच देशमा नाइजेरियापछि कोलम्बिया रहेको छ । यमन तेश्रो असुरक्षित देशको रुपमा रहेको छ भने दक्षिण एसियाली मुलुक पाकिस्तान चौथो असुरक्षित देश रहेको छ । पाकिस्तानपछि भेनेजुलयला रहेको छ ।
रिपोर्ट अनुसार भारत १३ औँ असुरक्षित देशको रुपमा रहेको छ भने रुस १६ औँ असुरक्षित देशको रुपमा छ । त्यस्तै बंगलादेश २७ औँ असुरक्षित देशको रुपमा रहेको छ ।

विश्वका सुरक्षित देशको सूचिमा जापान २२ औँ, भुटान २६ औँ तथा चीन ५८ औँ स्थानमा रहका छन् । श्रीलंका ५३ औँ स्थानमा छ भने बेलायत ६३ औँ र अमेरिका ७३ औँ स्थानमा रहेका छन् ।

सामान्य अपराधको क्षति तथा हिंसाका साथै आतंकवाद र अपराध रोकथाममा पुलिसमाथि भर पर्न सकिने अवस्था लगायतका सूचकका आधारमा यस्तो सूचि तयार पारिएको रिपोर्टमा उल्लेख छ ।

ऋफगानिस्तान, इराक, युक्रेन, लिबिया तथा उत्तर कोरिया जस्ता देश भने यसमा समावेश गरिएको छैन ।


Facebook Comment


No ads found for this position