माउन्ट कैलाश रिर्सोटलाई इन्टरनेशनल “बिड क्वालिटी अवार्ड” को उपाधि

१ कात्तिक, काठमाडौं । पोखरामा माउन्ट कैलाश रिर्सोटले फ्रान्सको राजधानी पेरिसमा भएको इन्टरनेशनल बिड क्वालिटी कन्भेन्सनमा इन्टरनेशनल ‘गोल्ड स्टार फर क्वालिटी’ शिर्षकमा ‘बिड क्वालिटी अवार्ड २०१६’को उपाधि जितेको छ ।

फान्सको पेरिसमा भएको सो अर्वाडमा नेपालबाट पहिलो पटक छानिएको माउन्ट कैलाश रिसोर्ट पोखराले बिड क्वालिटी अवार्ड जितेको हो ।

विश्वभरी रहेका विभिन्न निजी कम्पनीले दिने सेवा सुबिधाको मूल्यांकन गरेर हरेक बर्ष बिजनेस ईन्टिय़टिभ डिरेक्सन (बिड)ले वर्ल्ड क्वालिटी कामिटमेन्ट अवार्ड गर्दै आएको छ ।

माउन्ट कैलाश रिसोर्ट पोखरा यो अवार्ड पाउने नेपालको पहिलो रिसोर्ट हो । पेरिसको होटेल हायातमा भएको अवार्ड वितरण कार्यक्रममा माउन्ट कैलाश रिसोर्ट पोखराका अध्यक्ष नरेश भट्टराइले अवार्ड ग्रहण गरेका थिए ।

mount-kailash-awart-1 mount-kailash-awart-2 mount-kailash-awart-3 mount-kailash-awart-6 mount-kailash-awart-7


Facebook Comment


No ads found for this position