चुनौती सहित संभावना बोकेको क्षेत्र हो डोल्पा: ब्यबसायी झाँक्री
कर्णाली प्राकृतिक सुन्दरताले मात्रै होइन, कला र संस्कृतिले पनि उत्तिकै धनी छ । अभाव छ केवल राज्यको ध्यानदृष्टिको । कर्णालीमा हरेक वर्ष पर्यटक बढ्दै छन्। यो भनाई हो युवा पर्यटन व्यवसायी एक्सप्लोर डोल्पो ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक जितेन्द्र झाँक्रीको । विभिन्न समस्याहरुका बाबजुद डोल्पाले विस्तारै आफ्नो पहिचान विश्वसामु बनाईरहेको छ ।
२०४१ सालमा डोल्पामा जन्मीएका झाँक्रि विगत १२ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध छन । विशेषगरि डोल्पालाई कर्मथलो बनाएर पर्यटन क्षेत्रलाई ज्यादै नजीकबाट नियालेका व्यवसायी जितेन्द्र झाक्रि संग घुमफिरले गरेको कुरकानी
अहिले डोल्पाको पर्यटकिय अवश्था कस्तो छ ?
अन्य क्षेत्रको तुलनामा डोल्पाको पर्यटनक्षेत्र केही चुनौती सहित संभावना बोकेको क्षेत्र हो डोल्पा । डोल्पा लगाएत कर्णालीका पाँच जिल्लाहरु हुम्ला जुम्ला मुगु र कालीकोटमा पर्यटकहरुले खोजेका र हेर्न चाहेका सम्पूर्ण सम्पदाहरु यी जिल्लाहरुमा पाउन सकिन्छ । एउटा कालीकोट लाई छोडेर अन्य जिल्लाहरुमा ताल तलैया हिमाल टे«किङ रुटहरु कला संस्कृती खानपीन सबै पर्यटकहरुले रुचाएका चिजहरु पाउने सकिन्छ ।
डोल्पाको कुरागर्दा डोल्पा भौगोलीक विकटता भएको जिल्ला हो । तर विदेशीहरुले घुम्न चाहने जिल्लहरुमा डोल्पा पहिलो स्थानमा रहेको छ भने हुम्ला चाहि प्रतिवर्ष आउने पर्यटकरुको हिसाबले पहिलो स्थानमा छ । विशेष गरि भारतीय पर्यटकहरु मानसरोबर घुम्न आउने हुदा पर्यटक आउने हिसाबले पहिलो स्थानमा छ हुम्ला । पहिला तातोपानी र रसुवा भएरपनी मानसरोबर जाने भक्तजनहरु आउथे तर भूकम्प पछी रसुवा र तातोपानी बन्द भएपछी हुम्ला नाका भएर जान थालेक हुन् । अन्य देशमा पर्यटकहरु आउनेमा डोल्पा दोस्रो स्थानमा छ । डोल्पा आउने पर्यटकहरु लामोलामो रुट र लामो समयकालागी आउने गर्छन ।
तपाईले कर्णालीको डोल्पा जिल्लालाई मात्र किन प्राथमीकतामा राख्नु भयो ?अन्य जिल्लाहरु पनी त छन् नी ?
जुन क्षेत्रमा संभावना अन्यक्षेत्रका तुलानामा बडी हुन्छ, जुन क्षेत्र बडी सेलहुन्छ त्यसलाई बडी प्राथमीक्ता दिने हो । व्यापार गर्ने मानिसले जुन ठाँउमा संभावना बडीहुन्छ त्यही कारोबार गर्ने स्वभावीकै हो , तर हामीले डोल्पालाई बेस बनाएर यहाँबाट विभिन्न क्षेत्रमा टे«क गराउछौ । डोल्पाबाट ट्रेक सुरु गराएर जोमसोम समम्म पदयात्रा गराउछौ । । त्यस्तै ढोरपाटनबाट सुरु भएर डोल्पामा सकिने, लेक टु लेक अप्पर पार्ट भएर से फुक्सुण्डो भएर रारा निस्कने रुटपनी रहेको छ । लोओर पार्ट भएर पनी रारा निस्कने रुट छ । त्यसाबाहके हामीले लामो रुट गर्ने बेलामा ग्रेट हिमालयन ट्रेक गर्ने बेलामा चाहि डोल्पाबाट हुम्लासम्मको ट्रेक गराउछौ ।
डोल्पा घुम्न आउने आन्तरीक वा बाह्य पर्यटकहरुले कस्तो किसिमको गुनासो गरेको पाउनु भएको छ ?
डोल्पा आउने पर्यटकको गुनासो परमीट अलि महंगो भयो भन्ने हो । तर उनीहरुको प्रमुख गुनासो नियमीत उडान नहुनु हो । यो गुनासो उनीहरुको मात्र नभएर हाम्रो पनी हो । नेपालमा पर्यटकहरु आउने समयमा यो क्षेत्रमा उडान नियमीत नहुदा निकै समस्या रहेको छ । नेपालका हवाईजहाज चलानउने प्राईभेट कम्पनीहरु कुनैले उडान भर्दैनन यो क्षेत्रमा, मात्र एउटा तारा एयरको जहाजले उडान भर्छ अब त्यसले स्थानीयलाई बोक्ने कि पर्यटक, तपाई आफै भन्नुस ? नेपालगञ्ज बेस गरेर बाजुराको कोल्टी,हुम्लाको सीमीकोट मुगुको ताल्चा ,डोल्पाको जुफाल विमानस्थल सबै ठाउमा एउटा विमान कम्पनीले भ्याई न भ्याई उडान गर्छ । अनी कसरी यो क्षेत्रको पर्यटन बिकास होला । फलाईट क्यान्सील भएमा नेपालगञ्ज बस्नुपर्ने बाध्यता छ यस्ता गुनासाहरु पर्यटकहरुले गर्छन जुनमा चाहि नेपाल सरकार र अन्य व्यवसायीक विमान उडाउने कम्पनीहरुले सोचदिनु प¥यो । अर्को कुरा भन्नु पर्दा राजधानी संग जोडीएका राजमार्गको संजालले डोल्पा जस्तो जील्लालाई पनि जोडनु प¥यो । सधै विमानमात्र कुरेर सकिदैन अब सडक सञ्चालले पनी सबै जिल्लाहरुलाई जोड् जरुरीछ । अहिले सडकले न छोएका जिल्लाहरु दुईटा मात्र छ हुम्लाको सिमीकोट र डोल्पाको दुनै ।
सडक भएको खण्डमा जहाज न भएको अवस्थामा कमसे कम गाडीबाट त जान सकिन्छ नी ? एता आउने पर्यटकहरुले २० देखि २५ दिनको प्याकेजमा ट्रेक आउछन र फकिदा फ्ल्याईट क्यान्सील भएको खण्डमा उनीहरुले प्याकेजै क्यान्सील गर्छन । यो ठुलो समस्या छ र अर्को भन्नु पर्दा हाम्रो टुरिर्जम भर्खर बामे सर्ने अवस्थामा छ ।
कर्णालीको पर्यटन विकासका लागी के गर्नु पर्छ ?
कर्णाली पर्यटन विकासका लागी एउटा गुरु योजना बन्नु ज्यादै जरुरी छ जस्तो लाग्छ । कर्णालीमा पर्यटन पुर्वाधार विकास हुन एकदम जरुरी छ । गुरु योजाना सहित यो क्षेत्रको लागी म्यानपावरको पनी बृद्धी गर्न जरुरी छ , । जस्तो राम्रो गाईड ,पर्यटकलाई सुहाउने होटलहरु को बृद्धी गर्न जरुरी रहेको छ ।डोल्पाको तल्लो भागमा रहेका छोटो छोटो ट्रेकलाई टि–हाउसको रुपमा विकास गर्न सकेको खण्डमा राम्रो हुन्छ । टि–हाउस ट्रेक भनेको सबै कुरा तल तलबाट भरीयाले बोकेर लादा त्यो चाहि अलीकती महंगो पर्न जान्छ । त्यसैले छोटो छोटो ट्रेकलाई टि–हाउसको रुपमा विकास गरिनुपर्ने हाम्रो सोच रहेको छ ।
विगतको तुलनामा अहिले पर्यटनको अवश्था कस्तो पाउनु भएको छ ?
पश्चिमको टुरिर्जमलाई छुट्याएर कुरागर्दा मेन दुइटा सिजन हुन्छ । एउटा मेन स्टीङ भन्छ अर्को अटम भन्छ । दुइहजार पन्ध्रको स्टीङ सिजनसुरु हुनैलाग्दा हामीले महाभूकम्पको सामना गर्नु प¥यो । यसले नेपालको टुरिर्जम एकदम नराम्रो सगै प्रभावीत हुन पुग्यो , नेपाललाई लिएर त्यो बेला अलीकती नराम्रो मार्केटिङ पनी भयो । दशौ हजार मानीस मरे भन्ने कुराले प्रचास प्रसार पाए ,काठमान्डौमा भएका ऐतिहासीक सम्पदा नास भए भन्नेखालका गलत म्यासेज गयो र लगतै नेपालको लाङटाङमा केही असर परेपनी डोल्पामा त केहि भएको छैन भन्ने सन्देश दिन खोज्यौ अनेत्र पनी अझै घुम्नलाएक स्थानहरुछन भन्ने सन्देश व्यवसायीहरुले दिन खोजे । तर सोचे जस्तो भएन ।
एग्रिसीभ तरीकाले मार्केटिङ गर्न नसकिएपनी हाम्रो तर्फबाट प्रचार प्रसार गरेका थियौ । त्यसपछि टुरिर्जम केहि रिकभर हुनमात्र लागेको थियो तर फेरि अटम सीजनको सुरुवात मै नाकाबन्दी जस्ता कुराले हामीलाई फेरि समस्यामा पा¥यो । यसरी दुईहजार पन्ध्रको टुरिर्जम नराम्री वित्यो । टुरिर्जम व्यवसाय भनेको एकदम सेन्सीटिभ चिज रै छ । पैसा पनी खर्च गर्नु र सुरक्षीत पनी न हुने भएपछि पर्यटक कसरी घुम्न आउछन् र । त्यो हिसाबले दुईहजार पन्ध्रको वर्ष टुरिर्जमको लागी ज्यादै नराम्रो रह्यो , नराम्रो संग तल खस्क्यो । अब दुइहजार सोह्मा विस्तारै त्यो कुरा रिकभर हुदै छ । मलाई लाग्छ अहिले अटम सिजन सुरुहुन लागीरहेको छ । यसो साथीभाईकोमा बुझदा सबैको बुकिङहरु हेर्ने हो भने दुइहजार पन्ध्र भन्दा दुईहजार सोह् राम्रो होला जस्तो छ ।
अन्तमा केहि भन्नु छ ?
त्यही हो नेपालमा टुरिर्जम डेस्टीनेशनहरु एभरेष्ट एरीया,अन्नपूर्ण एरिया,मनास्लु एरिया ,जो छन काठमान्डौ बाट सजिलै जान सकिने त्यो मात्र हौ अन्य फरदर डेस्टीनेशनहरु पनी छन जुन नेचुरल ब्यूटीहरु,संस्कृतीक सम्पदा ,कल्चर ,ल्याण्डस्केप हेर्नसकिने क्षेत्रहरु भरिपूर्ण छन । डोल्पामा यस्तो क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य नियमक निकाय भनेकै टुरिर्जम बोर्ड हो ,नेपाल सरकार अन्र्तग पर्यटन नागरिक उड्डयन मन्त्रालय यस्ता सम्बन्धीत क्षेत्रमा ध्यान दिन सकेको छैन । अबका दिनमा ध्यान दिओस भन्न चाहन्छु ।