रारामा दैनिक ३०० भन्दा बढी आन्तरिक पर्यटक आगमन

rara @ghumphir (15)

मुगु ३ कात्तिक । नेपालको सबैभन्दा ठुलो ताल रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् ।

रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेको भिजीट कर्णालीका प्रबन्ध निर्देशक राजुक कार्कीले बताए । उनले भने अहिले रातीको बाह्र बजे समते रारा क्षेत्रमा आन्तरीक पर्यटकको आउने गरेको बताए । उनले भने रारा क्षेत्रमा सडकका पहुच पुगेपछी आन्तरीक पर्यटकको सख्यामा उल्लेखनिय बृद्धी भएको बताए ।
नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकन्छि भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ ।

rara @ghumphir (3)जाडो मौसम सुरु भइसकेकाले रारा घुम्न आउने पर्यटकले न्यानो कपडा तथा आवश्यक औषधि साथमा ल्याउनु पर्ने ‘भिजिट कर्णाली टुर एन्ड ट्राभल्स’का सञ्चालक राजु कार्की बताउनुहुन्छ । बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका होटल व्यवसायी पूर्णादेवी बमले बताउनुभयो ।

रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेना गृह, डाँफे होटल र रारा भिलेज रिसोटमा बास बस्न ठाउँ अपुग भएपछि पर्यटक एक घन्टा टाढाको रारा विमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा बास बस्ने गरेका रारा राष्ट्रिय निकुञ्जका प्रमुख मोहनचन्द्र विश्वकर्मा बताउनुहुन्छ ।

rara @ghumphir (12)

रारा सहित जुम्ला, नेपाली भाषाको उद्गम थलो सीजामा समेत आन्तरीक पर्यटकको उल्लेखनिय रुपमा बृद्धी भएको लेकाली टुर एण्ड टाभल्सका प्रबन्ध निर्देशक धर्मराज आचार्यले बताए । उनले भने विस्तारै विस्तारै मध्यपश्चिक पर्यटकीय क्षेत्रमा आन्तरीक पर्यटकको आगमन हुन थालेको छ । तर कहा कसरी जाने भन्ने जानकारी पर्यटकहरुलार्य नहुदा केही समस्या भएको बताए । पर्यटन क्षेत्रमा क्रियासिल तथा  सरोकार राख्नेहरुले बिभिन्न क्षेत्रममा जानकारी दिने बोर्डहरु राखिदिएमा सजिलो हुने समेत बताउछन निर्देशक आचार्य ।“दिनहँु २०० भन्दा बढी आन्तरिक पर्यटकहरु सडक सन्जाल बाट आउने गरेका छन्,” उहाँले भन्नुभयो । पर्यटकको बसाइँ लम्ब्याउन रारा वरपर सुविधा सम्पन्न होटेल, तीव्र गतिको इन्टरनेट सेवा, विद्युत्, डुङ्गा, साइकिलिङ सेवाका लागि पहल गरिनुपर्ने देखिन्छ ।

rara @ghumphir (4)


Facebook Comment


No ads found for this position