नेउवा महासङ्घको साधारणसभा भोलि हुने

काठमाडौँ, ३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घको विशेष साधारणसभा भोलि हुने भएको छ । यही कात्तिक ४ गतेका लागि निर्धारित महासङ्घको विशेष साधारणसभा रोक्न परेको रिटमा सुनुवाइ गर्र्दै पाटन उच्च अदालतले आज साधारणसभा गर्ने पक्षमा निर्णय सुनाएको हो ।

महासङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र सदस्य गोविन्द घिमिरेले गरेको मागका सम्बन्धमा अदालतले साधारणसभा एक दिन यथास्थितिमा राखी दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो ।

आजको छलफलपछि अदालतले साधारणसभा एक दिन यथास्थितिमा राख्ने मङ्गलबारको निर्णयलाई निरन्तरता दिइराख्न नपर्ने भन्दै आदेश जारी गरेपछि भोलि कात्तिक ४ गते विशेष साधारणसभा हुने निश्चित भएको महासङ्घका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिनुभयो ।

राजकर्णिकार र घिमिरेले साधारणसभा रोक्न माग गर्दै यही कात्तिक १ गते रिट दायर गर्नुभएको थियो । महासङ्घले विधान संशोधनका लागि साधारणसभा बोलाएको हो ।


Facebook Comment


No ads found for this position