एमाले र माओवादीका १५७ सांसदले दर्ता गराए लोकमानविरुद्ध महाअभियोग प्रस्ताव

 

  • एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितको हस्ताक्षर

  • माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदको हस्ताक्षर

 

३ कात्तिक, काठमाडौं । एमाले र माओवादीका १५७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा बुधबार साँझ पौने ५ बजे महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका छन् ।एमाले–माओवादीका नेताहरुले महाअभियोगबारे कांग्रेससँग पनि प्रारम्भिक छलफल गरेका छन् ।साभार कान्तिपुर


Facebook Comment


No ads found for this position