रसुवामा आन्तरीक र बाहय पर्यटक आगमन बढ्यो

अनु आचार्य
नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थलका रूपमा रहेको लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमाली दृश्यावलोकन गर्न आउने पर्यटक संख्या बढेको छ । हिमाली क्षेत्रको पदयात्राका लागि सिजन सुरु भएसँगै दैनिक आन्तरिक तथा बाह्य पर्यटक आगमन वृद्धि भएको हो ।gosaikunda-@ghumphir-(19)तीन महिनामा भित्रिए १६ सय पर्यटक
लामटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार आव ०७३÷७४ को पहिलो तीन महिनामा १ हजार ६ सय ८० जना पर्यटक रसुवा भित्रिएका छन् । सार्क राष्ट्रबाट ७ जना र अन्य राष्ट्रबाट १ हजार ६ सय ७३ जना पर्यटक रसुवा भित्रिएका हुन् ।
सार्क राष्ट्रका पर्यटकबाट १० हजार ५ सय र अन्य मुलुकका पर्यटकबाट ५० लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी बताए ।

gosaikunda-@ghumphir-(16)पर्यटक आगमन बढ्नुका कारण
भूकम्पको प्रभाव घट्दै गएको, पदमार्ग सुधार भएको र होटेल पुनर्निर्माण भैसकेकाले आगमन वृद्धि भएको उनको भनाइ छ । यस्तै अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ६ सय २३ जना पर्यटक रसुवा भित्रिएका थिए ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने ६ प्रवेशद्वारमध्ये हाल ४ वटा मात्र सञ्चालनमा छन् । असोज, कात्तिक पर्यटकको आगमन हुने मुख्य याम भएकाले अहिले दैनिक ५० भन्दा बढी पर्यटक हिमाली क्षेत्रमा आउन थालेको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यको भनाइ छ ।
भूकम्प जानुअघि तिम्बुपोस्ट, सेर्माथाङ पोस्ट, कुटुम्साङ पोस्ट, धुन्चे पोस्ट, लाङटाङ पोस्ट र तेम्पाथाङ पोस्टबाट पर्यटक निकुञ्ज प्रवेश गर्ने भए पनि लाङटाङ र तेम्पाथाङ पोष्टमा भूकम्पले पूर्ण क्षति पु-याएको थियो ।
तेम्पाथाङ पोस्टको भवन निर्माण भइरहेको र लाङटाङको घोडेतवेलामा पोस्ट निर्माणका लागि विभागमा प्रस्ताव पठाइएको निकुञ्जले जनाएको छ ।
gosaikunda-@ghumphir-(21)३३ हजारभन्दा बढी स्वदेशी पर्यटक
यस्तै आव ०७३-७४ को साउनदेखि असोज मसान्तसम्म ३३ हजारभन्दा बढी स्वदेशी पर्यटक रसुवा भित्रिएका छन् । लाङटाङ, गोसाइकुण्ड र तामाङ सम्पदा मार्गमा अध्ययन अवलोकनका लागि सो संख्यामा स्वदेशी पर्यटक रसुवा भित्रिएका हुन् । दैनिक १० देखि १५ जना गोसाइँकुण्ड, लाङटाङ, रसुवागढी, गत्लाङलगायतका क्षेत्रमा जाने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
gosaikunda-@ghumphir-(13)स्वदेशी पर्यटकको तथ्यांक राखिँदैन
हिमाली राष्ट्रिय निकुञ्जमा स्वदेशी पर्यटकबाट शुल्क नलिने हुँदा तथ्यांक राख्ने नगरिएकाले यति नै संख्यामा स्वदेशी पर्यटक भित्रिए भन्न नसकिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताए ।
उनले भने, ‘विदेशी पर्यटकको तथ्यांक राखेका हुन्छौँ, तर स्वदेशी पर्यटक कति आए भन्ने हामीसँग तथ्यांक हुँदैन ।’ नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ क्षेत्रमा पर्यटक आगमन बढ्दै गएको छ । भूकम्पपछि असामान्य भएको स्थानीयको दैनिकी पनि अहिले सामान्य बन्दै पर्यटन प्रवद्र्धनमा केन्द्रित हुँदै गएको छ ।
भूकम्पअघि वार्षिक १५ हजार पर्यटकले अवलोकन गर्ने लाङटाङ क्षेत्रमा अहिले पर्यटकहरूको आवागमन बढ्न थालेको छ ।
gosaikunda-@ghumphir-(5)होटल, लज निर्माण भइसके
भूकम्पपछि पुनर्निर्माणअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा पर्यटकीय होटेल तथा लज व्यवस्थापन भइसकेकाले पाहुनालाई खानपिन र बसोबासमा कुनै समस्या नआउने व्यवसायीले बताएका छन् । रसुवा भित्रने पर्यटकमा नेदरल्यान्ड, इजरायल, जापान, फ्रान्सलगायत मुलुकका नागारिक हुने गर्छन् ।
प्रमुख पर्यटकीय स्थल
स्थानीय तामाङ कला र संस्कृति, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, सिमसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्ड, तातोपानी, गतलाङ, बृद्धिम होमस्टे, रसुवागढी तथा तामाङ सम्पदा मार्गलगायतका विभिन्न क्षेत्र पर्यटकका लागि प्रमुख आर्कषणको केन्द्र रहेका छन् ।/नयाँ पत्रिका

gosaikunda-@ghumphir-(4)


Facebook Comment


No ads found for this position