यी हुन् लोकमानलाई महाअभियोग लगाउनुका ९ कारण

lokmansing९ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद बैठकमा महाअभियोगको प्रस्ताव पेश भएको छ । मंगलबारको बैठकमा सत्तारुढ दल माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रस्ताव पेश गरेका हुन् । उनको प्रस्तावमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले समर्थन गरेका छन् ।

शाहीले लोकमानसिंहविरुद्ध महाअभियोग लगाउनुपर्नाका नौ बुँदे कारण पेश गरेका छन् । कार्कीले अख्तियारलाई आफ्नो पारिवारिक र व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने माध्यम बनाउँदै विधि, संबैधानिक भूमिका र दायित्वलाई बिर्सेर भ्रष्टाचारजन्य क्रियाकलापलाई संस्थागत गर्ने, राज्य संयन्त्रलाई आतंकित गर्ने, ब्ल्याकमेलिङ गर्ने र कानून हातमा लिएर अराजक र उद्दण्ड ढंगले प्रस्तुत हुने गरेकाले महाअभियोगको प्रस्ताव पेश गरिएको शाहीले बताए ।

पढ्नुहोस् लोकमानसिंह कार्कीलाई लगाइएका ९ अभियोग

सम्माननीय सभामुख महोदय,
नेपालको संविधानले विधिको शासन, नागरिक सर्वोच्चता , उत्तरदायी र जिम्मेवार राज्य प्रणालीको परिकल्पना गरी शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम विभिन्न संबैधानिक व्यवस्था गरेको छ । त्यसै मध्ये भ्रष्टाचार मुक्त शासन व्यवस्था संचालन गरी स्वच्छ प्रशासन दिन सघाउ पुग्ने उदेश्यले भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी प्रमाणका आधारमा मुद्दा दायर गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ । उक्त संस्थामा उच्च नैतिक आचरण भएको प्रमुख आयुक्त र आयुक्तहरु रहने व्यवस्था गरिएको छ । राज्यको यति महत्वपूर्ण जिम्मेवारी बोकेको संस्थामा नियुक्त प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भने उक्त संस्थालाई आफ्नो पारिवारिक र व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने माध्यम बनाउँदै विधि, संबैधानिक भूमिका र दायित्वलाई बिर्सेर भ्रष्टाचारजन्य क्रियाकलापलाई संस्थागत गर्ने, राज्य संयन्त्रलाई आतंकित गर्ने, ब्ल्याकमेलिङ गर्ने र कानून हातमा लिएर अराजक र उद्दण्ड ढंगले प्रस्तुत हुने गरेकोले उनी विरुद्ध महाअभियोगको प्रस्ताव लिएर म यहाँ प्रस्तुत भएको छु ।

सम्माननीय सभामुख महोदय,

निजका सुशासन र राज्य संचालन विरुद्धका क्रियाकलापहरु देहाय बमोजिमका छन् ।

१. संसदले बोलाउँदा अन्तिम समयमा डाक्टरले नबोल्ने भनेको छ भनी पत्र पठाएर अनुपस्थित भएको तर त्यहि समयमा एउटा नीजि टेलिभिजन च्यानलमा पत्रकारसंग भलाकुसारी गरेको दृश्य सार्वजानिक गरी सार्वभौम संस्थाको अपहेलना गरेको । संसदको सम्बन्धित समितिमा बोलाउँदा अटेर र अपहेलना गरी सार्वभौम संसदलाई चुनौती दिएको ।

२. न्यायपालिकाबाट जारी म्याद तामेली गर्न जाँदा भिजिलान्ते प्रयोग गरी हुलहुज्जत गर्ने र न्याय प्रशासनमा व्यवधान सिर्जना गर्ने र न्याय संस्थालाई अनुचित विलम्ब गरी अदालतको अपहेलना जस्तो जघन्य कार्य गरेको ।

३. आˆनो नजीक र नातागोता पर्ने व्यक्तिलाई भ्रष्टाचार मुद्दामा प्राकृतिक न्यायको सिद्दान्त र मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बर विपरीत आफैले निर्णय गरेर उजुरी तामेलीमा राखिदिएको ।

४. आˆनो नाताको व्यक्तिको लगानी रहेको किस्ट मेडिकल कलेजमा क्षमता भन्दा वढी संख्यामा ःद्यद्यक् भर्ना कोटा बढाउन नेपाल मेडिकल काउन्सिललाई दबाब दिई स्वार्थको द्वन्द्व (conflict या interest) को सिद्दान्त विपरित निर्णय गरी अख्तियारको दुरुपयोग गरेको र काठमाडौं विश्वविद्यालयले संचालन गरेको MBBS को प्रवेश परिक्षामा अनावश्यक हस्तक्षेप गरेको ।

५. कानुनको ठाडो उन्लंघन गर्दै अख्तियारी बेगर दलका नेता र सुरक्षा अंगका प्रमुखहरुको गुप्तचरी गर्ने, कल डिटेल बुझ्ने, फोन ट्यापिंग गर्ने जस्ता गतिविधि गरी राज्य विरुद्ध जासुसी कार्यमा संलग्न रही राज्य विरोधी कसुरमा संलग्न भएको ।

६. काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका अन्य धेरै निकायहरुमा भएका अनियमितता सम्बन्धी उजुरीहरु अपारदर्शी रुपमा तामेलीमा राखेको ।

७. अख्तियार दुरुपयोग अनुसन्धान आयोग भित्रै छुट्टै र गोप्य गुट खडा गरी अन्य आयुक्तहरुलाई निर्णय प्रक्रियामा सामेल नगराई अपारदर्शी र एकलकाँटे ढंगले कार्य संचालन गरेको ।

८. कसैले गल्ति, अनियमितता वा भ्रष्टाचार गरे नगरेको रखबारी गरी अम्बुज्मेंन (Ombudsman) को भूमिका निभाउनु पर्नेमा पद र शक्तिको दुरुपयोग गरी आफै कार्यकारी शक्ति भए झैँ गरी राज्यको कार्यकारी शक्तिमा अतिक्रमण गरी प्रहरी, प्रशासन र गुप्तचर संस्थालाई आफु अनुकूल चल्न र निर्णय गर्न बाध्य पारी अख्तियारको दुरुपयोग गरेको ।

९. भ्रष्टाचार जन्य क्रियाकलापको गम्भीर अनुसन्धान गरी प्रमाणको आधारमा मुद्दा दायर गर्ने संबैधानिक अधिकार हुँदा हुँदै सो नगरेर उल्टै पत्रकार सम्मेलन गरेर अनुसन्धान गर्दैछौ भनेर प्रचार गरी व्यक्तिलाई वदनाम गर्ने गरेको ।साभार अनलाईनखबर


Facebook Comment