इटलीमा भूकम्प

इटालीको मध्य क्षेत्रलाई केन्द्रविन्दु बनाएर इटालीमा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । नेपाली समय अनुसार बुधबार राति १० बजेर ५५ मिनेट जाँदा ५ दशमलव ५ म्याग्निच्युटको पहिलो भूकम्प गएको हो । त्यसको दुई घण्टापछि ६ दशमलव १ रेक्टर स्केलको पुन भूकम्प गएको हो । दुवै भूकम्प माचेराटा प्रान्तको भिस्सो केन्द्रविन्दु भएर गएका हुन ।

भूकम्पका कारण भवनहरु भत्किएका छन् । बुधबारको भूकम्पको धक्का राजधानी रोमसहित मध्य इटालीको सबै क्षेत्रमा महसुस भएको थियो । भूकम्पका कारण धेरै जसो पुराना घर भत्किएका छन् । उद्धार तथा राहतका लागि उद्धारकर्मी खटिएका छन् । अहिलेसम्म भुकम्पवाट मानवीय क्षति भएको विवरण आएको छैन । इटालीमा दुई महिना अघि गएको ६ दशमलव २ म्याग्निच्युटको भूकम्पका कारण दुई सय ९८ जनाको मृत्यु भएको थियो । जसका कारण अमाट्रिचे शहर सहित अरु विभिन्न ऐतिहासिक गाउँमा ठुलो क्षति पुगेको थियो ।


Facebook Comment


No ads found for this position