भारतीय राष्ट्रपतिको भ्रमणका दिन गाडी चलाउन रोक, यी क्षेत्रमा हुँदैछ अवरोध

काठमाडौं: भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका कारण काठमाडौं उपत्यकामा कात्तिक १७ र १८ गते अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाउने भएको छ। १८ वर्षपछि नेपालमा विदेशी राष्ट्राध्यक्षको भ्रमण हुन लागेको भन्दै निश्चित क्षेत्रमा ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाउने भएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको पूर्वी, दक्षिणी  र उत्तरी  क्षेत्रमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारी चलाउन नदिने तयारी गरेको ट्राफिक प्रहरी  प्रमुख डीआईजी प्रकाश अर्यालले जानकारी  दिए। ‘गाडीको अत्याधिक चाप हुने र राष्ट्राध्यक्षको सवारीका क्रममा विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन निर्देशिका अनुसार बाटो क्लियर गर्नुपर्ने भएकाले सवारीसधान नचलाउन सबैलाई अाग्रह गरिनेछ,kathmandu भीआईपीको सुरक्षाका लागि तीनवटा लेनमा कार्गेट गुड्ने र त्यसको बीचमा भीआईपी सवार गाडी गुड्ने भएकाले बाटो खाली गर्नुको विकल्प नभएको ट्राफिक प्रमुख अर्यालले बताए। ‘१८ वर्ष अघिको भन्दा सवारीसाधनमा १० गुणाले वृद्धि भएको छ, ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएकाले बाटो क्लियर गर्नुको विकल्प छैन,’  उनले भने। गाडी सञ्चालन नहुने संभावित रुटहरु काठमाडौंका पूर्वी  क्षेत्र: एयरपोर्ट,पिङ्गलास्थान गौशला चावहिल र वौद्ध काठमाडौंका उत्तरी क्षेत्र : सुकेधारा, धुम्बाराही, नारायणगोपाल चोक र महाराजगञ्ज  काठमाडौंका दक्षिणी क्षेत्र :सानेपा, बल्खु, किर्तीपुर काठमाडौंका मध्य क्षेत्र : नयाँ वानेश्वर, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी


Facebook Comment


No ads found for this position