आज धन्वन्तरी दिवस

१२ कात्तिक, काठमाडौं । आर्युवेद उपचार भन्ने नारकासाथ विभिन्न कार्यक्रम गरी मनाइदै छ । विश्वकै जेठो चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।dhanmantari-diwasएलोपेथी पद्धती अपनाउनेको संख्या बढीदेखिएपनि नेपालमा ८० प्रतिशत मानिस आर्युवेद चिकित्सामा विश्वास गर्छन् ।

समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा धन्वन्तरी दिवस मनाईने गरेको हो । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ ।

यसैकारण आजको त्रयोदशीलाई धन त्रयोदशी पनि भनिन्छ । आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवीको स्थापना भएदेखि नेपालमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा विसं २०५६ देखि मनाउन थालिएको छ । आधुनिक युगसँगै मानिसले प्रकृतिमै पाइने जडीबुटीजन्य औषधिलाई बिर्सन थालेकाले सचेतनाका रुपमा धन्वन्तरी जयन्ती मनाउने गरिएको लागिएको सिंहदरबार वैद्यखाना विकास समितिको भनाईछ । नेपालमा पाइने जडीबुटीबाट बनेको आर्युवेदिक औषधिको प्रवद्र्धन गर्न सरकारले ठोस नीति ल्याउनुपर्ने वैद्यखानाको भनाई छ ।

नेपाल जलस्रोतपछि अपार जडीबुटीले भरिएको देश हो । जडीबुटीले धनी देश भएपनि नेपालले वार्षिक अर्बौं रुपैयाँको रासायनिक पदार्थ मिसिएको औषधि भित्र्याउने गरेकोमा आर्युवेदिक चिकित्सकहरु गुनासो गर्छन् । एलोपेथी पद्धती अपनाउनेको संख्या बढीदेखिएपनि नेपालमा ८० प्रतिशत मानिस आर्युवेद चिकित्सामा विश्वास गर्छन् । एलोपेथि चिकित्सापद्धतीको प्रचलन बढे पनि आर्युवेदिक औषधी प्रयोग गर्ने जमातको संख्या नघटेको र यसमै पुर्ण विश्वास राख्नेहरुको माहोल पनि कम छैन ।
धन्वन्तरी जयन्तीका अवसरमा सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरुमा समेत विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।।।


Facebook Comment


No ads found for this position