कमिसनले घेरिदै पर्यटन व्यवसाय

भक्तपुर ,१२ कात्तिक । पर्यटनको सिजन मानिने अक्टोबर र नोभेम्बरमा भक्तपुरमा पर्यटक भरिभराउ भएपनि व्यापार सुक्दै गएको पर्यटन व्यवसायी बताउँछन् । भक्तपुरमा पुग्ने पर्यटकको संख्या दिनानुदिन बढिरहे पनि पर्यटन व्यवसायीहरू भने निराश रहेको बताए ।पर्यटकहरूको चहलपहलअनुसार आफूहरूको व्यापार नभएको उनको गुनासो थियो ।

Nepal-adventure-tour-Bhaktapur‘पर्यटकहरूको संख्या बढेकाले व्यवसायीहरूको हात खाली छैन’, उनले भने, ‘तर व्यापारमा सन्तोष मान्ने ठाउँ छैन ।’उनका अनुसार भूकम्प अघि यही मौसममा दैनिक २०-२५ हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो । तर अहिले मुस्किलले दैनिक पाँच हजारमै चित्त बुझाउन व्यवसायीहरू बाध्य भएको उनको भनाइ थियो ।

‘अहिले पर्यटकहरूको संख्या बढ्यो भनी हर्ष मान्नु बेकार छ’, अर्का पर्यटन व्यवसायी उत्तमप्रसाद वैद्य भन्छन्, ‘पर्यटकहरूको चहलपहलको हिसाबमा व्यापार छैन ।’उनले गाइडहरूको कारण भक्तपुरमा पर्यटन व्यवसाय चौपट हुँदै गएको तर्क गरे ।

गाइडले जुन पसलबाट बढी कमिसन प्राप्त हुन्छ त्यतै पर्यटक लैजाने गरेको उनको गुनासो थियो ।’गाइडहरूले पर्यटक लगेवापत ४० देखि ५० प्रतिशतसम्म कमिसन पाउँछन्’, भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका वैद्यले भने, ‘कमिसन दिन नसक्ने पसल त के बजार क्षेत्रमै गाइडहरूले पर्यटक घुमाउन छाडीसके ।’उनका अनुसार गाइडहरूले पर्यटकलाई मनपरेको पसलमा गएर किनमेल गर्ने समय नै दिँदैनन् ।

dhulekhel-touristत्यसैले अधिकांश पर्यटन व्यवसायीहरू अहिले पर्यटकको संख्या बढे पनि खुसी हुन नसकेको उनले सुनाए ।यहाँका पर्यटन व्यवसायीहरू गाइडलाई नियन्त्रण गर्न नसकिए भक्तपुरको पर्यटन उद्योग नै बद्नाम हुने बताउँछन् । उनीहरूका अनुसार पर्यटकलाई आफूखुसी घुम्न समय नदिएपछि घाँटीमा दाम्लो बाँधिएका पशुजस्तै गाइडले जता डोर्‌याउँछन् त्यतैमात्र जान्छन् । यसले गर्दा आफूखुसी घुम्न चाहने पर्यटकले भक्तपुरको बद्नाम गर्ने उनीहरूले चिन्ता व्यक्त गरे ।उनीहरूका अनुसार गाइडबाट फुत्किएका र बाटो बिराएर हिडेका पर्यटक मात्रै उनीहरूका ग्राहक हुने गरेका छन् ।

विश्व सम्पदा स्थलहरुको अवलोकन गर्न भक्तपुर पुग्ने पर्यटकहरू पछिल्लो समय ह्वात्तै बढेका छन् । भक्तपुर नगरवरिपरी पर्यटकको चहलपहल देखिन्छ । यहाँका सम्पदास्थल र गल्ली पर्यटकले भरिभराऊ छन् ।

नेपालमा अंग्रेजी महिनाको अक्टोबर र नोभेम्बर महिनालाई पर्यटकीय मौसम मानिन्छ । त्यसैले अहिले पर्यटकहरूको आवागमन बढेको यहाँका पर्यटन व्यवसायीहरू बताउँछन् । उनीहरुका अनुसार अहिलेको तुलनामा नोभेम्बर महिनामा झन पर्यटकको संख्या दोब्बर हुन्छ ।

अहिले अक्टोबर महिना सकिन एक साता बाँकी छ । ‘अहिल्यै पर्यटकले भरिभराउ भक्तपुरका सम्पदास्थल नोभेम्बर महिनामा दोब्बर हुनुपर्छ’, भक्तपुरका पर्यटन व्यवसायी दिवानचन्द्र धोभडेल भन्छन्, ‘अक्टोबर र नोभेम्बरमा नेपाल आएका पर्यटकहरू क्रिसमस मनाउन डिसेम्बरको अन्तिमतिर स्वदेश फर्कन्छन् ।’साभार अन्नपुर्णपोष्ट


Facebook Comment


No ads found for this position