स्थानीयले मुद्दा हालेपछि चाबहिल–जोरपाटी–साँखु सडक निर्माण ठप्प

१३ कात्तिक, काठमाडौं । चाबहिल–जोरपाटी–साँखु खण्डको सडक निर्माण ठप्प भएको छ । सडक विस्तार हुन लागेपछि स्थानीयले सर्वोच्च अदालतमा मुद्दा हालेपछि काम रोकिएको हो ।

koteshower-kalanki-sadakकाठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ०७२ कात्तिकबाट सडक विस्तार तथा निर्माण थालेको थियो । तर, नापी ठीक नभएको भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेपछि काम रोकिएको हो ।

काम सुरु गरेको १२ महिनामा करिब २० प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ । यो सडकखण्ड निर्माण अवधि २७ महिनाको छ ।१२ महिनामा करिब २० प्रतिशत काम मात्रै सकिएको आयोजनाले जनाएको  छ ।आयोजनाका अनुसार चाबहिल–जोरपाटी–अपांगसम्म सडक मिचेर भवन निर्माण गरिएको छ । घर भत्काउन स्थानीयले अवरोध गरेपछि निर्माण रोकिएको आयोजनाका उपसचिव नवराज सापकोटाले बताए ।

‘विशेषगरी चाबहिल–जोरपाटी–दक्षिणढोकासम्मको सडक निर्माणमा अवरोध छ । अन्य स्थानमा काम धमाधम भइरहेको छ,’ सापकोटाले भने, ‘टेन्डर भइसकेको छ । ठेकेदारले काम गर्न पाइनँ भनेर पटक–पटक पत्र लेखेको छ । तर, ठाउँ खाली गर्न सकिएको छैन । स्थानीयको अवरोध भएपछि काम अघि बढ्न सकेन ।’

सडकको केन्द्रबाट ११ मिटर दायाँ–बायाँ विस्तार गर्ने आयोजनाको योजना छ । यसो गरिँदा सडक मिचेर बनाइएका अस्थायी तथा स्थायी संरचना भत्काउनुपर्ने हुन्छ । स्थानीयले भने भवन भत्काउन नपाइने भन्दै अवरोध गरेका छन् ।

दक्षिणढोका–साँखुसम्मको नौ किमि सडकखण्डमा पनि अवरोध छ । डाँचीआसपासका क्षेत्रमा अवरोध रहेको आयोजनाले जनाएको छ । सडक मिचेर निर्माण गरिएका घर भत्काउने क्रममा स्थानीयले सर्वोच्चमा मुद्दा हालेका हुन् । सर्वोच्चले तत्काल निर्माण नगर्न स्टे अर्डर जारी गरेपछि काम रोकिएको छ ।


Facebook Comment


No ads found for this position