आन्तरिक पर्यटकका लागि प्याकेज सार्वजनिक : घुमफिर वर्ष

khaptad-national-parkभरतबन्धु थापा

काठमाडौं । नेपाल पर्यटन बोर्डले विभिन्न संघ सस्थासँगको साझेदारीमा आन्तरिक पर्यटकका लागि प्याकेज ल्याएको छ । बोर्डले घुमफिर वर्ष २०७३ घोषणा गरेको ७ महिनापछि मात्र आन्तरिक पर्यटकका लागि प्याकेज ल्याएको हो ।

बोर्डले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) सँगको सहकार्यमा प्याकेज सार्वजनिक गरेको बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले बताए ।

‘बोर्डले नेपालको सबै अञ्चलको पर्यटकीय स्थलहरुलाई समेटेर प्योकज ल्याएका छौं’, सुवेदीले भने, ‘अबको दिनमा झन् यसलाई अझै ब्यापक बनाउदै लैजान्छौं ।’प्याकेजमा पूर्वमेचीदेखि पश्चिममा कर्णाली अञ्चलसम्मका प्याकेज बनाएको छ ।

main-photo-of-tea-baganकसको सहकार्यमा कुन प्याकज?

बोर्डले तयार पारेको प्याकेजअन्तर्गत पहिलो चरणमा सात वटा गन्तव्य समेटिएका छन् । सगरमाथा अञ्चलका लागि हलेसी महादेव दर्शन टुर घोषण गरेको छ । नाट्टासँगको सहकार्यमा यो प्याकेज निर्माण गरिएको हो ।

त्यस्तै जनकपुर अञ्चलका लागि पनि छुट्टै प्याकेज निर्माण गरिएको छ । ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम भ्रमण गर्नका लागि पनि नाट्टासँगको सहकार्यमा प्याकेज सार्वजनिक गरेको हो ।

बोर्डले कोशी अञ्चलका लागि पनि छुट्टै प्याकेज निर्माण गरेको छ। पाँच दिनको भ्रमण तालिका रहेको यो प्याकेजमा चतारधाम लगायत अन्य महत्वपूर्ण स्थानको भ्रमण गर्न सकिने व्यवस्था गरेको छ ।

मुक्तिनाथ मन्दिर, मुस्ताङ

यसैगरी मेची अञ्चलको पाथिभरा मन्दिरको भ्रमणका लागि ६ दिनको टुर प्याकेज बनाइएको छ । यस्तै ताप्लेजुङ जिल्लाको प्रशिद्ध धार्मिक स्थल रहेको यो मन्दिरमा जाने बन्दोबस्त नाट्टाको सहकार्यमा हुने भएको छ ।

‘घुमफिर बर्ष’ स्पेसल अफरका रुपमा बोर्डले सेती अञ्चलमा रहेको प्रशिद्ध ठाउँ खप्तड घुमाउने प्याकेज ल्याएको छ । नौ दिनको भ्रमण प्याकेज रहेको यो भ्रमणका लागि २५ हजार रुपैयाँ लाग्ने बोर्डले जनाएको छ ।

यसैगरी साट्टो नेपालसँगको सहकार्यमा ६ दिनको लुम्विनी स्वर्गद्वारी भ्रमणका टुुर पयाकेजमा प्रतिव्यक्ति १३ हजार पाँचसय रुपैयाँ रकम तोकिएको सुवेदीले बताए ।

rara @ghumphir (15)यसैगरी रारा ताल घुम्नका लागि पनि प्याकेज घोषण गरिएको छ । तीनवटा अप्सनमा बनाइएको यो प्याकेजमा जहाजवाट, जिप र जहाजबाट र गाडि र जीपवाट जान सक्नेगरी रुट मिलाइएको छ ।

सुवेदीका अनुसार घुमफिर प्रमोशनका लागि व्यवसायीहरूको सहकार्यमा थप प्याकेजहरु निर्माण गरिने बताए । पदयात्रा, र्याफ्टिङ, होमस्टेलगायतका प्याकेज रहनेछन् ।

उनले यात्रा सम्वन्धि मोवाइल एप, इन्फोग्राफिक्स, रेडियो सन्देश निर्माण गरी विभिन्न गन्तव्यको प्रचार प्रसार गर्ने काम अन्तिम चरणमा पुगेको बताए ।Nepal-BN-Janki-Mandirयो वर्ष आन्तरिक पर्यटकहरुको भीड इलाम, मुक्तिनाथ, रारा क्षेत्रमा छ । यो क्षेत्रमा अत्यधिक चापका कारण आन्तरिक पर्यटकले बास बस्ने स्थान पाएका छैनन् । यो बर्ष सोचेभन्दा बढी आन्तरिकक पर्यटकहरुको आगमन भएको रारा क्षेत्रका होटल व्यावसायी राजु कार्की बताउँछन् ।

अहिले रारा क्षेत्रमा दिनको ३५० जना सम्मको आन्तरिक पर्यटकको आगमन भएको उनले बताए । तर, यसरी आउने पर्यटकहरु जानकारी बिना तथा योजनाविना नै रारा आउने गरेका कारण केही समस्या हुने गरेको कार्कीले बताए ।

रारा क्षेत्रमा बास बस्नका लागि दुईवटामात्र होटेल छन् । होटल ग्राण्डसाम्बाला मुक्तिनाथका सञ्चालक सुरज गुरुङ भन्छन्, ‘मुक्तिनाथमा भएका होटल तथा होम-स्टेमा बास बस्ने क्षमताभन्दा पनी बढी पर्यटकको आगमन भएको छ ।’

 


Facebook Comment


No ads found for this position