मुखर्जी आज आउँदै

मुखर्जी आज आउँदै
राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जी तीन दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन । मुखर्जी मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिदा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने तय भएको छ । मुखर्जीको सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ । राष्ट्रपति भण्डारी र मुखर्जीबीच साढे १२ बजे शीतल निवासमा भेटवार्ता हुने छ । साढे तीन बजे होटल ¥याडिसनमा हुने कार्यक्रममा सम्बोधन गर्ने भारतीय राष्ट्रपति मुखर्जीसँग ह्यात होटलमा साँझ ६ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्नेछन् ।images

मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले बेलुका शीतल निवासमै रात्रिभोजको आयोजना गर्दै छिन् । बिहीबार विहान पशुपतिनाथको पूजाअर्चनामा सहभागि हुने राष्ट्रपति मुखर्जी दिउँसो काठमाडौं विश्वविद्यालयले प्रदान गर्न लागेको मानार्थ उपाधि ग्रहण कार्यक्रममा सहभागि हुने छन् । काठमाडौं महानगरपालिकाले विहीवार नै उनको नागरिक उभिनन्दन गर्ने छ । नेपालमा रहँदा भारतीय राष्ट्रपति मुखर्जीसँग राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । शुक्रबार जनकपुर पुग्ने राष्ट्रपति मुखर्जी जानकी मन्दिरमा पूजाअर्चनापछि नागरिक अभिनन्दन कार्यक्रममा सहभागि हुने छन् । उनी त्यही दिन पोखरा पुगेर काठमाडौं आई स्वदेश फर्किने कार्यक्रम छ । १८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायनन्ले २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेका थिए ।।


Facebook Comment


No ads found for this position