युनेस्कोको चिन्ता

युनेस्कोको चिन्ता
युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाण्डू उपत्यकामा भूकम्पपछि भत्किएका ऐतिहासिक संरचनाहरुको पुनर्निर्माण अनुपयुक्त ढंगबाट हुनसक्ने भन्दै चिन्ता जनाएको छ । विश्व सम्पदाको स्मारक क्षेत्र बौद्धनाथको गजुरको पुनर्निर्माणका क्रममा आफ्नो सल्लाह विपरीत आधुनिक निर्माण सामाग्रीको प्रयोग गरिएको भन्दै युनेस्कोले चासो देखाएको हो । युनेस्कोका नेपाल प्रतिनिधि क्रिश्चियन म्यानहार्टले विश्व सम्पदा क्षेत्रका ऐतिहासिक संरचनाको पुनर्निर्माणका लागि सामान्य स्थितिमा जस्तै सस्तो बोलपत्र आह्वान गर्ने र आधुनिक निर्माण सामाग्री प्रयोग गर्ने गरिएको भन्दै चिन्ता जनाएका हुन ।

baudha म्यानहार्टले बौद्धनाथ चैत्यमाथि अहिले ठूलो, गह्रौं कंक्रिटको प्लाटफर्म राखिएको र अर्को ठूलो भूकम्प जाँदा त्यसलाई चैत्यले थेग्न नसक्ने युनेस्कोको भनाइ छ । उपत्यकाका स्मारक क्षेत्रको अवस्था अध्ययन गर्न केही महिनापछि युनेस्कोको विश्व सम्पदा समितिको एक टोली नेपाल आउने तयारी गरेको छ । सो टोलीले सम्पदा क्षेत्रमा जारी पुनर्निर्माणको निरीक्षण गर्ने योजना छ ।केही समयअघि काठमाण्डौंको मध्यभागमा अवस्थित रानीपोखरीको पुनर्निर्माण अनुपयुक्त ढंगबाट हुनथालेको भन्दै चर्को विरोध भएपछि अहिले त्यसको पुनर्निर्माणको जिम्मेवारी पुरातत्व विभागलाई दिइएको छ ।भूकम्पका कारण उपत्यकाका सयौं ऐतिहासिक स्मारक तथा संरचना भत्किएका थिए । अहिले ति सबै पुननिर्माणको क्रममा छन । खुल्ला ऐतिहासिक संग्राहलयसँग तुलना गरिने काठमाण्डौं उपत्यकाका तीन शहरका दरबार क्षेत्रहरु चांगुनारायण र पशुपतिनाथका मन्दिर तथा बौद्ध तथा स्वयम्भुनाथका चैत्य युनेस्को विश्व सम्पदा अन्तर्गतका सात स्मारक क्षेत्र हुन् । विश्व सम्पदा क्षेत्रमा युनेस्कोको मापदण्ड विपरीत निर्माण कार्य भएको अवस्थामा सम्पदा वा स्मारण क्षेत्रहरुलाई युनेस्कोको विश्व संपदा समितिले खतराको सूचीमा राख्ने गरेको छ ।


Facebook Comment


No ads found for this position