जिप दुर्घटनामा छ घाइते

धनगढी, १७ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको गोरङ्गे सडक खण्डमा आज दिउँसो से १ च ८२३ नं को जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार कैलालीको सुगरखालबाट लम्कीतर्फ आउँदै गरेको सो जिप सडकमा पल्टिएको हो ।

दुर्घटनामा परी जिपमा सवार इप्रका सुगरखालका प्रहरी नायब निरीक्षक रामचन्द्र भट्ट, भारतीय नागरिक प्रविन गुप्ता, जिप चालक सुगरखालकै शङ्कर शाही, वीरबहादुर श्रेष्ठ, मानव नेवार र सुर्खेतका १४ वर्षीय नवीन विष्ट घाइते भएका छन् ।

घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।


Facebook Comment


No ads found for this position