चित्रगुप्तको मन्दिर निर्माणका लागि जग्गादान

महोत्तरी, १७ कात्तिक । महोत्तरीको बर्दिबास नगरपालिका–३ का रामसेवकप्रसाद लाल कर्णले चित्रगुप्त मन्दिर निर्माणका लागि रु साढे तीन लाख बराबरको जग्गादान गर्नुभएको छ ।

चित्रगुप्त मन्दिर निर्माणका लागि उहाँले आफ्नी स्वर्गीय पत्नी गुञ्जेश्वरीदेवी कर्णको सम्झनामा जग्गादान गर्नुभएको हो ।

चित्रगुप्त पूजाका क्रममा उहाँले मङ्गलबार गाउँलेसामु जग्गा दिन निधो गर्नुभएको थियो । मङ्गलबारै नेपाली काँग्रेसका महोत्तरी क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष महेशकुमार झाले मन्दिरको शिल्यान्यास गरेको पूजा आयोजक समितिका अध्यक्ष दीपेन्द्रकुमार कर्णले जनाउनु भएको छ ।

शिल्यान्यास कार्यक्रममा नयाँ शक्ति नेपाल महोत्तरी क्षेत्र नं १ का संयोजक श्यामनारायणलाल कर्ण, शिक्षक विमलेश दत्त, बृजनारायणलाल कर्ण, नरेन्द्रकुमार कर्ण, डा सुशीलकुमार कर्ण, सञ्जीवकुमार कर्ण, अरुण कर्ण, दीपक कर्ण लगायतको सहभागिता रहेको थियो ।


Facebook Comment


No ads found for this position