यस्तो छ पूर्वराजा ज्ञानेन्द्रको नेतालाई आग्रह

१८ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेताहरूलाई आफूले दिएको सुझावप्रति गम्भीर हुन आग्रह गरेका छन्। उनले भने, ‘दसैंको शुभकामना सन्देशमा उठाएका प्रश्न र वनकालीमा सम्पन्न हिन्दु अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका क्रममा आफूले दिएका अभिव्यक्तिप्रति नेताहरू गम्भीर हुनैपर्छ।’

gynendra-kingकमलादीमा मंगलबार बहिनी शोभा शाहीका हातबाट भाइटीका ग्रहण गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले भने, ‘दसैंको शुभकामना सन्देशमार्फत धेरै कुराहरू बाहिर आइसकेको छ। त्यसैगरी वनकालीको कार्यक्रममार्फत पनि आफूले केही कुरा राखेको हुँदा त्यसप्रति नेताहरू गम्भीर हुनुपर्‍यो।’

शाहले दसैं सन्देश तथा वनकालीमा दिएको अभिव्यक्तिमा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहीन यात्रा नेपालको निमित्त अभिशाप सिद्ध भएको र त्यसको जनताले नेतालाई जबाफदेही बनाउनुपर्ने आग्रह गरेका थिए।

त्यसैको पूरकका रूपमा वनकालीमा पूर्वराजा शाहले यस्तो विषम, जटिल र क्लिष्ट परिस्थिति किन र कसरी सृजना भयो, यसका कारक तत्व केके हुन् भन्ने कुरा अब नेपाली जनताले नै प्रश्न गर्ने बेला भएकोतर्फ जोड दिएको छ। भाइटीकाका दिनको अभिव्यक्तिमा आफूले उठाएका साधारण जनतासँगको अन्तरक्रियापछि आएको पनि उनले बताए।


Facebook Comment


No ads found for this position