तासमा हारेपछि चौकी आक्रमण

१८ कात्तिक, काठमाडौं । सँगै बसेर मदिरा सेवन गरिरहेका प्रहरी र स्थानीय युवाबीच तासमा रकम हारेको विवादले उग्र रुप लिँदा जिल्लाको देउलीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ। घरेलु हतियारसहित करिब ३० जनाको संख्यामा आएका आग्रीगाँउका स्थानीयले मंगलबार साँझ चौकी कब्जामा लिई प्रहरीका हतियारसहित उपकरण लुटेका हुन्।

tasआग्रीगाउँसँग सीमा जोडिएको काफलकोटका युवा र प्रहरीबीच विवाद भएको थियो। स्रोतका अनुसार उक्त चौकीमा कार्यरत प्रहरी कर्मचारी र स्थानीय युवा यसअघि पनि सँगै बसेर तास खेल्थे।

उक्त दिन पनि तास खेलेपछि युवा र प्रहरी जवान नरबहादुर विकले सँगै मदिरा सेवन गरेका थिए। त्यही क्रममा तासमा रकम हारेको विषयमा विक र उनीहरुबीच विवाद भएको  छ। विवादले उग्ररुप लिएपछि गाउँले आक्रमणमा उत्रिएका हुन।

स्थानीयले चौकी तोफोड गर्नुका साथै हतियार, गोली, हत्कडीलगायत उपकरण कब्जामा लिएका थिए। घटनापछि सोही दिन राति जिल्ला प्रहरी प्रमुख एसपी मोहन आचार्य, डिएसपी बहादुरजंग मल्लसहित टोली देउली पुगेको थियो।


Facebook Comment


No ads found for this position