सगरमाथाको उचाइ कति ?

everst-photo१८ कात्तिक, काठमाडौं । सामान्य ज्ञानमा सोधिने प्रश्न सर्वोच्च शिखर सगरमाथाको उचाइ कति? सबैको सहज जवाफ ८,८४८ मिटर।

तर, विडम्बना अहिलेसम्म विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको हिमशृंखला सगरमाथाको उचाइ नेपाल सरकारले आधिकारिक रुपमा मापन गरेको छैन।

न त मापन गर्ने तयारी नै थालेको छ।२०६८/२०६९ सालमा नापी विभागले सगरमाथाको उचाइ नाप्ने कुरा गरे पनि सो कुरा गफमा मात्रै सिमित भयो। नापी विभागका निमित्व महानिर्देशक गणेशप्रसाद भट्टराई किन सगरमाथाको उचाइ नाप्ने कुराले पूर्णता पाएन भनी प्रश्न गर्दा मापन गर्ने कुरालाई सरकारले राष्ट्रिय महत्वका साथ नलिँदा प्रयास असफल भयो भनि प्रतिकृया दिएको  छ।


Facebook Comment


No ads found for this position