मिथिलाञ्चलको महापर्व छठ आज
मिथिलाञ्चलको महापर्व छठ आज वाट शुरु हुदैछ ।
पहिलो दिन आज नुहाई खाई रहेको छ । यस दिन महिलाहरु पोखरीमा नुहाई पूजा शुरु गर्ने गर्छन । यस अवसरमा जनकपुरको प्रमुख पोखरीहरुमा नुहाउनेहरुको भीड लागेको छ । चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाउदो सूर्यलाई अर्घ दिइने गरिन्छ ।यता छठ पर्वलाई ध्यानमा राखी जनकपुरको गंगा सागर ,रुक्मीनी सर, धनुष सागर, अरगज्जा सागर, दशरथ तलाउ,रत्न सागर, भुतही पोखरी सहितका पोखरीहरु लाई छठ पुजाको लागि विशेष रुपले सजाउने कार्य भैइरहेको छ ।स्थानीय युवा क्लबहरुले पोखरीको सजाउने कार्यमा सहभागी भएका छन ।छठमा केरा , भुसबा , ठकुवा , नारियल, उखु , मुला सहित विभिन्न फलफुल लिएर भक्तजनहरुले सूर्य लाई अर्घ दिने गर्छन । छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ ।पुत्र प्राप्ति, पुत्रको दिर्घायु, कुष्टरोग बाट मुक्ति लगायत सबै प्रकारको मनोबांछित फल प्राप्तीका लागि मिथिलाञ्चलमा छठ पर्व मनाउने गरिन्छ । जनकपुरमा सबै भन्दा उत्सवका साथ मनाइने छठ हेर्न नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारत एवं तेस्रो देश बाट समेत पर्यटक हरु एक दिन पहिलानै जनकपुर आइ सकेका छन ।