महत्वपुर्ण गन्तव्यको रुपमा स्थापित हुदै सुदुरपश्चिम

भौगिलक दृष्टिले मुलुककै टाढा सुदूरपश्चिम अहिले नेपाली पर्यटककाका लागि महत्वपुर्ण गन्तव्यको रुपमा स्थापित हुन थालेको छ।

karnali

२२ बर्ष अघि कर्णाली चिसापानीमा पुल बनेसँगै विस्तारै मुलुकको बाँकी भुगोलसँग सुदुर पश्चिमले साक्षात्कार गर्न थालेको हो।अहिले देशै भरबाट यहाँ पर्यटक ओइरिने गरेका छन्। सुगममा पर्यटकको पहिलो गन्तव्य आकर्षक कर्णाली पुल नै हो। बिचमा दुई वटा खम्बाको सन्तुलनमा अड्याइएको पुल साँच्चिकै आकर्षक छ। त्यस बाहेक तराइमा टिकापुर पार्क अर्को गन्तव्य हो। पहाडी क्षेत्र उक्लनेका लागि खप्तड लगायत आकर्षण छन्।अहिले कैलालीमा पिकनिकका लागि समेत बिशेष भिड लाग्ने गरेको छ। तिहार सकिएसँगै यहाँ पिकनिक सिजन सुरु भएको हो। पश्चिम तराईमा देउसी भैलो खेलेर जम्मा गरेको रुपैयाँले पिकनिक मनाउन जाने परमपरा जस्तै छ।  तिहारको भोलिपल्ट देखि नै टिकापुर पार्कमा भिडभाड सुरु भइ सकेको पार्कका पार्किङ ईन्चार्ज अर्जुन कुँवरले बताए। वर्षेनी पिकनिक खान आउनेको सँख्या बढीरहेको उनले जानकारी दिए। टिकापुर पार्कले आर्थिक वर्ष २०७१र०७२ मा विभिन्न शिर्षकमा ३२ लाख रुपैयाँ शुल्क उठाएको थियो। २०७२र०७३ मा टिकापुरमा भएको हिंसा र भूकम्पका कारण शुल्क घट्ने अनुमान गरे पनि ३६ लाख रुपैयाँ शुल्क उठाएको कुँवरले जानकारी दिए। यो बर्ष ४० लाख भन्दा बढी नै आम्दानी हुने पार्क व्यवस्थापनको अपेक्षा छ।

तीहार देखि माघी सम्मै पिकनिक

टिकापुर पार्कमा तिहारको भोलि पल्ट देखि माघी सम्म अत्याधिक आन्तरिक पर्यटक आउँछन्। यो समयमा दैनिक ३० हजार देखि एक लाख सम्म शुल्क उठ्छ। अहिले सम्म सबै भन्दा बढी शुल्क भने गत नयाँ वर्षको दिन २ लाख ८५ हजार रुपैयाँ उठेको कुँवरले बताए।टिकापुर पार्कले कर्मचारी अभावका कारण यति सँख्यामा पर्यटक आए भन्ने तथ्याङ्क राख्न सकेका छैन। गत एक वर्ष पार्कमा एक देखि डेढ लाख पर्यटक पुगेको अनुमान कुँवर अनुमान गर्छन्। पार्कमा पिकनिक मनाउन पश्चिममा धनगढी महेन्द्रनगर देखि पुर्वमा चितवन सम्मका पर्यटक गाडी रिजर्भ गरेर पुग्छन्।people-in-tikapur-park

कैलालीमा टिकापुर बाहेक चिसापानी, घोडाघोडी ताल, गोदावरी, जोखर ताल लगाएतका ठाउँ पिकनिक स्पटको रुपमा चिनिन्छन्। यी ठाउँमा पिक खान आउने नेपाली तथा भारतीयको सँख्या सिजनमा पाँच लाख पुग्ने स्थानिय व्यवसायीको अनुमान छ।

चिसापानीमा भारतीय पर्यटक

कैलालीको चिसापानीमा रात विताउने गरि आउने भारतीय पर्यटकSheeps-@-Tribeniको संख्या पनि वर्षेनी बढ्दै गएको स्थानिय पर्यटन व्यवसायी कलम शाहीले बताए। उनले पहिले नेपाली मात्रै आउने गरेकोमा विगत २र३ वर्ष देखि भारतीय पर्यटकको सँख्या बढि रहेको जानकारी दिए।गत वर्ष चिसापानीको पितमारीमा पिकनिक खान आएका १ लाख बढी पर्यटक मध्ये ४० हजार भन्दा बढी भारतीय पर्यटक रहेको शाहीले बताए। त्यहाँ होटल सञ्चालकले आफ्नै जमिनामा समेत पिकनिक स्पट बनाइदिएका छन्। भारतीयहरु त्यसैमा पिकनिक मनाएर रमाइलो गर्छन्। व्यवस्थिक पिकनिक स्पट बनाउन सके लाखौँ रुपैयाँको व्यापार गर्न सकिने शाही बताउँछन्।

चिसापान,राजकाँणा पदमार्ग बन्दै

पर्यटकलाई नयाँ आकर्षणको रुपमा चिसापानी(राजकाणा पदमार्ग समेत धमाधम बनि रहेको छ। पदमार्गको चार किलोमिटर आधा बनिसकेको र बाँकीमा काम भइरहेको शाहीले बताए। पदमार्ग बने पछि चिसापानीमा पर्यटक अझै बढ्ने उनको अपेक्षा छ।राजकाणा बाट सुर्योदयको दृश्यावलोकन गर्न सकिन्छ। त्यहाँ अरु धार्मिक तथा सास्कृतिक महत्वका स्थान पनि छन्।

 


Facebook Comment


No ads found for this position