प्याराग्लाइडिङबाट खसेर विद्यार्थीको मृत्यु

कार्तिक २०, २०७३- स्याङ्जाको स्वरेक गाविस– १ मा प्याराग्लाइडिङबाट खसेर एक युवकको मृत्यु भएको छ ।the-countrys-first-paragliding-school-babu-adventures_1470978446

शुक्रबार साँझ ५ बजे पोखरा लेकसाइड घर भएका २३ वर्षीय शैलेन्द्र पहाडी प्याराग्लाइडिङबाट खसेर भीरको रुखमा परेका थिए । स्थानीयले उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रमुख एसपी देवबहादुर बोगटीले बताए । उनका अनुसार पहाडी ब्लु स्काई प्याराग्लाइडिङ स्कुलमा प्याराग्लाइडिङ सिक्ने विद्यार्थी हुन् । शव पोष्टमार्टमको लागि परिवारलाई जिम्मा दिएको प्रहरीले जनाएको छ । पछिल्लो समय स्याङजा लगाएत विभिन्न स्थानमा  प्याराग्लाइडिङ सिकाउने भन्दै  स्कुल खुल्नेक्रम तिब्र भएको छ ।नेपालको पहिलो प्याराग्लाइडिङ स्कुल दावी गर्ने सानोबाबु सुनुवारको स्कुल पनी स्याङ्जाको स्वरेकमै संचालनमा छ ।

 


Facebook Comment


No ads found for this position