प्याराग्लाईडीङ स्कुलको लापरवाहीको कारण पहारीको मुत्यु – पाईलट क्लव

नेपाल प्याराग्लाईडीङ पाईलट क्लव, पोखराले प्याराग्लाईडीङ प्रशिक्षण गराउने स्कुलको लापरवाहीको कारणले गर्दा पोखराका शैलेष पहारीको प्याराग्लाईडीङ सिक्ने क्रममा स्याङजाको स्वरेकमा मृत्यु भएको दाबी गरेको छ ।sailesh

प्याराग्लाईडीङ गराउदा पालना गर्नु पर्ने धेरै मापदण्ड विपरित प्याराग्लाईडीङ प्रशिक्षण गराउदा वन्दीपुरमा कार्यालय रहेको व्लु स्काई फ्लाइङ स्कुलले स्याङजामा प्रशिक्षण गराउदा दुर्घटना भइ पहारीको मृत्यु भएको क्लवले दाबी गरेको हो ।

अवैध ढंगले पोखरा क्षेत्रमा प्याराग्लाईडीङ उडान नगर्न जारी गरेको निर्देशनलाई नटेरी उडान गराएको, उद्धार र सुरक्षाको कुनै कुरामा पुर्व तयारी विना उडान गराएको, गैह् कानुनि तवरबाट विदेशी प्रशिक्षकहरुबाट प्रशिक्षण गराईएको, दुर्घटना भएको ४÷५ घण्टा पछि मात्र सुचना जारी गरेकोले स्कुलको लापरवाहीले गर्दा पहारीको मृत्यु भएको क्लवका सचिव हरि वास्तोलाले आरोप लगाए । उनले भने “ श्रम स्वीकृति नभएका गैह् कानुनी विदेशी प्रशिक्षणहरु प्रयोग गरीएको छ, प्राधिकरणले तोकेको मापदण्ड नपुगेका स्वदेशी प्रशिक्षकहरको प्रयोग गरिएको छ ।” घटना घटेको स्थानमा प्रहरीले मुचुल्का गर्नु अघि नै प्याराग्लाडर निकाल्नु थप घटनाको रहस्य भएको क्लवका सचिव बास्तोलाले पोखरान्युजडटकम लाइ  बताए । उनका अनुसार स्वरेक र वन्दीपुरमा संचालनमा आएका प्याराग्लाईडीङका दुबै स्कुल न्युनतम शैक्षिक योग्यता पुरा नगरेकालाई पनि तालिम गराएको छ, निर्धारित गरिएका मापदण्ड नपुगेकााई पनि व्यावसायीक उडान तालिम दिईएको छ, प्रशिक्षार्थीहरुलाई बिमाको व्याबस्था नगरी प्रशिक्षण गराएको छ ।the-countrys-first-paragliding-school-babu-adventures_1470978446

क्लवले स्कुललाई तत्काल वन्द गरी उक्त घटनाको सत्य तथ्य पत्ता लगाई कारवाहीको माग गर्दै विभिन्न प्रशासनिक तथा सरोकार राख्ने स्थानहरुमा ज्ञापन पत्र मंगलबार पेश गरेको छ । क्लवका अध्यक्ष खुम बहादुर गुरुङद्धारा हस्ताक्षेरित ज्ञापन पत्र पश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रमुख डिआइडी कमलसिंह वम, नागरीक उडड्यन कार्यालय पोखराका निर्देशक भोला प्रसाद गुरागाईलाई पेश गरेका छन । बुधबार क्षेत्रिय प्रशासक, कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उक्त ज्ञापन पत्र पेश गर्ने भएको क्लवले जनाएको छ ।

मृतक पहरीका आफन्त नारायण पौडेलले प्याराग्लाईडीङ प्रशिक्षणको क्रममा दुर्घटना भएको खवर तत्काल आफुहरुलाई जानकारी नगराएको कारणले गर्दा मुत्यु भएको आरोप लगाए । उनले पोखरान्युजडटकम संग भने“ दिउसो करीब २ बजेको समयमा भएको दुर्घटना हामीलाई वेलुका करीब ६ बजे किन जानकारी गराईयो, हामीले उपचार गर्न हेलिकोप्टरको समेत व्याबस्था गथ्यौं । ” मृतक परिवारको तर्फबाट व्लु स्काई स्कुललाई किटानी जाहेरी दिए पछि स्याङजा प्रहरीले स्कुल संचालक नारायण पराजुलीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । हवाई खेलकुद संस्था नाका उपाध्यक्ष सोवित वानियाले पैसा कमाउने नाममा केहि स्कुलले अस्वस्थ प्रतिष्प्रर्धा गर्दा प्रशिक्षणको क्रममा पहारीको मृत्यु हुन पुगेको पोखरान्युजडटकम बताए । नागरीक उडड्यन कार्यालयले पनि आफ्नो दाहित्य वोध गर्न नसक्दा यस्ता घटना भएको उनले जनाए ।

पहारीको मृत्यु भएको घटनालाई लियर पोखराका सम्पुर्ण प्याराग्लाईडीङ कम्पनीहरुले उनको शोकमा आज मंगलबार प्याराग्लाईडीङ कम्पनी वन्द भएका छन । हवाई खेलकुद संस्था नाको आव्हानमा पहारीको शोकमा मंगलबार पोखराका प्याराग्लाईडीङ कम्पनीहरु वन्द हुनुका साथै कुनै पनि प्याराग्लाईडीङ समेत नभएको नाका उपाध्यक्ष सोवित वानियाले बताए । मृत्यु भएका पहारीको आज पोखराको रामघाटमा अन्तिम दाहसंस्कार समेत गरीएको छ । उनका बाबु पितम्वर पहारीले दागवत्ति दिएका हुन ।

उनले भने “प्याराग्लाईडीङ सिक्दै गर्दा मृत्यु भएका पहारीको श्रद्धान्जली सभा पनि भएको छ, यो दुखःको दिनमा हाम्रा पाईलटहरुलाई शोक मनाउनको लागि भन्दै हामीले एक दिनको लागि कम्पनी वन्द गर्न आव्हान गरेका हौं ।” नाले मृत आत्मको चिर शान्तिको कामना गर्दै श्रद्धान्जली समेत व्यक्त गरेको छ ।

यसै बिच प्याराग्लाईडीङको प्रशिक्षणको क्रममा मृत्यु भएका सैलेस पहारीको दुर्घटनाको बारेमा सत्य तथ्य घटना पक्ता लगाउन नागरीक उडड्यन प्राधिकरणका उपनिर्देशक सुवास झाको नेतृत्वमा तीन सदस्य छानविन समिति गठन भएको नागरीक उडड्यन कार्यालय पोखराका निर्देशक भोला प्रसाद गुरागाईले पोखरान्युजडटकम लाइ बताए । स्याङजाको स्वरेकमा बाबा एड्भेन्चर प्याराग्लाईडीङ स्कुल र वन्दीपुरको व्लु स्काई स्कुलले मात्र यस क्षेत्रमा प्याराग्लाईडीङ प्रशिक्षण गराउन पाउने गरी अनुमति लिएका छन । स्कुलहरुले अनुमति लिएसंगै कसरी र कसले अनि कुन ठाँउमा कस्तो प्रशिक्षण भएको छ सोको बारेमा अनुसन्धान, अवलोकन समयमै गर्न नसक्दा प्याराग्लाईडीङ सिक्दै गरेका पोखराका एक होनाहार युवाले ज्यान गुमाउनु परेकोमा प्याराग्लाईडीङ पाईलट समेत रहेका सचिव वाँस्तोलाले गुनासो गरे । सम्बन्धित स्कुललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।


Facebook Comment


No ads found for this position