अव भारु ५ सय र १ हजारका नोट भारतमै नचल्ने

भारत सरकारले अबदेखि पुराना पाँच सय र एक हजारको नोट नचल्ने बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै मंगलबार राती १२ बजेदेखी रु पाँच सय र एक हजारका नोट नचल्ने घोषणा गरेका छन् । कालोधन, भ्रष्टाचार र नक्कली नोटको कारोबार रोक्नका लागी यस्तो कदम चाल्नु परेको सम्बोधन मार्फत मोदीले बताएका छन् । उनका अनुसार  यि नोट साथमा भएका जनताहरुले  ५० दिन अर्थात डिसेम्बर ३० भित्र आफ्नो परिचय पत्र देखाएर बैंकमा जम्मा गरी नयाँ नोट लैजान सक्ने छन्  ।

 पाँच सय र हजारका भारु नोट भारतमै प्रतिबन्धित

पाँच सय र हजारका भारु नोट भारतमै प्रतिबन्धित

सर्बसाधरण जनता लाइ अप्ठ्यारो नपरोस भन्ने हेतुले ७२ घण्टा सम्म अस्पतालमा पैसा तिर्न , रेलको टिकट बुकिंग काउंटर, सरकारी बसको टिकट बुकिंग काउंटर तथा हवाइजहाज टिकट बुकिंग काउंटर पुरानै पाँच सय र एक हजारका नोट चल्ने उनले बताए  ।

भारत सरकारले अबदेखी पाँच सय र २ हजारका नयाँ नोट प्रचलनमा ल्याउदै छ । भारु रु पाँच सय  र एक हजार बाहेकका अन्य नोट भने चलिरहने छन ।  नयाँ नोट प्रचलनमा ल्याउनका लागी भन्दै  बुधबार भारतका बैंक तथा एटीएम हरु बन्द रहने बताइएको छ ।

नेपालमा यसअघिनै भारु पाँच सय र एक हजार प्रयोगमा प्रतिबन्ध लगाइएको भएता पनि पोखरा आसपासका केहि होटल, रेस्टुरेन्ट तथा ट्राभल कम्पनिहरुले भारु चलाइरहेका थिए ।


Facebook Comment


No ads found for this position