नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राई नेसनल जियोग्राफिकले सार्वजनिक गरेको ‘एड्भेन्चरर्स अफ द इयर, २०१७’ को उत्कृष्ट १० जनामा परेकी छिन् ।

नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राई नेसनल जियोग्राफिकले सार्वजनिक गरेको ‘एड्भेन्चरर्स अफ द इयर, २०१७’ को उत्कृष्ट १० जनामा परेकी छिन् ।  नेसनल जियोग्राफिकले एउटा भिडियो मार्फत नेपालकी मिरा राईसँगै १० जनाको नाम विश्वकै साहसिक व्यक्तिका रुपमा सार्वजनीक गरेको हो  हो । बाह्र वर्षदेखि दिँइदै आएको अवार्डमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्नेको नाम छनौट गरिने जियाेग्राफिकले जनाएको छ ।

छनौटमा परेकालाई ‘पिपुल्स च्वाइस अवार्ड’का लागि नेसनल जियाेग्राफिकको वेबसाइटमार्फत भोट गर्न सकिन्छ । भोट गर्नेे म्याद डिसेम्बर १६, २०१६ सम्म छ । विजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ ।

भोजपुरमा जन्मिएर १४ वर्षको किशोरी बेलामै माओवादी लडाकुसम्म बनेकी मिरा सेना समायोजनका बेला अयोग्य भएकी थिइन् । १२ वर्षको उमेरमा विद्यालय छाडेकी उनी आजको सफलता अकल्पनीय भएको बताउँछिन् । ‘मेरा लागि सम्भावना केही छ भन्ने कहिल्यै लागेन, अहिले त धेरै मानिस मलाई विश्वास गर्छन्, उनीहरुको विश्वास सार्थक बनाएर, नयाँका लागि अवसर हुने वातावरण बनाउनु छ ।’

उनले विभिन्न प्रतियोगितामा पदक जितेर नेपालको नाम उचो राखेकी छिन् । गएको वर्ष फ्रान्समा भएको ८० किलोमिटरको विश्व मोन्ट ब्लंक म्याराथनमा मिरा पहिलो भइन् । गएको वर्ष हङकङ भएको आइल्याण्ड ट्रेल रेस पनि मिराले जितिन् ।

सन् २०१३ मा ५० मिलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि मिराको जीवनले नयाँ मोड लियो । लगातारको सफलतापछि विश्वभरका सञ्चार माध्यममा उनको चर्चा हुन थाल्यो । उनै मिरा अहिले नेसनल जियोग्राफिकले सार्वजनिक गरेको एड्भेन्चरर्स अफ द इयरको मनोनयनमा परेकी छिन् ।


Facebook Comment


No ads found for this position