पोखरामा पहिलो पटक कायाकिङ प्रतियोगिता हुने

घुमफिर

पोखरामा पहिलो पटक नदीमा खेलिने साहसिक खेल कायाकिङको प्रतियोगिता हुने भएको छ । नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) पश्चिमाञ्चल क्षेत्रको आयोजनामा पोखरा देखि नजिक रहेको अपर सेतीमा हिमालयन ह्वाइट वाटर च्यालेन्ज नामक कायाकिङ प्रतियोगिता हुने भएको हो । आगामी नोभेम्बर २८ देखि ३० अर्थात मंसिर १३ देखि १५ सम्म अपर सेतीमा सो प्रतियोगिता हुने भएको छ । p

कास्कीको मर्दीदोभानबाट याम्दी सेती बांध सम्म झण्डै ९ किलोमिटर क्षेत्रमा फैलिएको नदीमा हुने उक्त प्रतियोगितामा बिदेशी र नेपाली खेलाडीहरु गरी १ सय ५० जनाले सहभागीता जनाउने नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) पश्चिम क्षेत्रका अध्यक्ष निम मगरले जानकारी दिए ।कायाकिङ प्रतियोगिता ३ बिद्यामा हुने भएको छ । डाउन रिभर रेस एक किलोमिटर,स्ट्रीम सलालम र बोर्डर क्रस हेड टु हेड गरी प्रत्येक दीन एक÷एक बिधामा विहान ९ देखि ४ बजे सम्म प्रतियोगिता हुने छ । प्रतियोगितामा हरेक विद्यामा प्रथम, द्धितिय र तृतीयलाई नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागी १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।प्रतियोगितालाई सफल पार्न नेपाल पर्यटन वोर्ड घुमफिर वर्ष २०१६ प्रवद्र्धक र नेपाल क्यानोनिङ संघ, अन्तराष्ट्रिय स्तरबाट इङल्याण्डको पिकयुके, स्मीथ सन ग्लास अमेरिका, थण्डर ड्रागन अमेरिका, इङग्लायण्डको लिभेद एडभेन्चर, कोकाटाक अमेरिका र अस्ट्रल अमेरिकाले सहयोग गर्ने भएको छ ।


Facebook Comment