आन्तरिक पर्यटन प्रवर्धनकालागि साइकलयात्रा

घुमफिर

सिन्धुली जिल्लामा अवस्थित पर्यटकीय वीपी राजमार्ग,ऐतिहासिक सिन्धुलीगढी,जुनार बगैचा आदिको अध्ययन् अवलोकन गर्दै आन्तरिक पर्यटन प्रवर्धनकालागि काठमाण्डौं सिन्धुलीगढी सम्म साइकल यात्रा गरिएको छ ।

sindhuli
राजधानी काठमाण्डौंबाट भक्तपुर,बनेपा,धुलिखेल हुदै गरिएको साइकल यात्रामा विश्व साइृकल यात्री पुष्कर शाह सहित ८१ जना व्यवसायिक साइकल यात्री सहभागी रहेका थिए ।साइकल र्यालीको शुरुवात सिन्धुलीबाट निर्वाचित तीनजना सांसदहरु क्रमशःगणेश कुमार पहाडी, मोहन प्रसाद बराल र हरिबोल गजुरेलले सामूहिक रुपमा राजधानी काठमाण्डौंबाट गरेका थिए ।सम्बृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसंगको सहकार्यमा राजधानी काठमाडौंबाट राइड टु सिन्धुलीगढी नाम दिई सो साईकल यात्रा गराईएको थियो ।

आन्तरिक पर्यटन प्रवर्धनकालागि काठमाण्डौं सिन्धुलीगढी सम्म साइकल यात्रा
साइकल यात्राको माध्यमबाट सिन्धुली जिल्लाको आन्तरिक पर्यटन प्रवर्धन गर्न तथा सिन्धुली गढीलाई विश्वसामु परिचित गराउने उद्देश्य रहको छ ।साईकल यात्रामा रमणीय सडकको अबलोकन गर्दै सिन्धुलीगढीसम्मको यात्राले साइकल यात्रीलाई छुट्टै रोमाञ्चक अनुभूति दिएको थियो । पर्यटन बोर्डले आर्थिक सहयोगमा संचालन गरिएको सो सँईकल यात्रा राजधानी काठमाडौंबाट झण्डै १ सय ३५ किलोमिटर यात्रा रहेको थियो ।


Facebook Comment


No ads found for this position