सुदुरपश्चिमको प्रसिद्ध शक्तिपिठ उग्रतारा मेलाको रौनक

घुमफिर

सुदुरपश्चिमको प्रसिद्ध शक्तिपिठ उग्रतारा मन्दिरमा मेला लागेको छ । स्थानीय भाषामा देहिजाँतको रुपमा मानिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यताका साथ मेला लाग्ने गर्दछ । जिल्ला तथा जिल्ला बाहिरका बाट गरि २५ हजार भन्दा बढीले मेलाको अवलोकन गर्न आउने उग्रतारा मेला व्यवस्थापन समितिले आकलन गरेको छ ।

15128643_1267788763244282_1948149597_n

मेलामा दुईसय भन्दा बढी विभिन्न स्टलहरु राखिएका छन् । गत विगतका बर्षहरु भन्दा मेला लाई व्यवस्थित रुपमा संचालन गर्नका लागि मेलामा वस्तुगत रुपमा स्टलहरु राखिएका छन् । डडेल्धुरा सदरमुकामबाट ६ किलोमिटर टाढा अमरगढी नगरपालिका वडा नं. ८ को दशरथचन्द राजमार्गसंगै रहेको महाशक्ति पिठ उग्रतारा भगवतीको मन्दिरमा बिहान देखि चारवटा चौलोको संगम पश्चात बिधिवत पूजा सम्पन्न गरि शुक्रबार समापन गरिने भएको छ । जात्रामा सुदूरपश्चिमका नौ वटै जिल्ला लगायत सिमावर्ती भारतको भू–भागबाट पनि दर्शनार्थीहरु आउने भएकोले प्रत्येक वर्ष भक्तजनको ठूलो भिडभाड हुने गर्दछ ।

15049998_1267788719910953_1840035128_n

किबंदन्ती अनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो । सो रगतलाई आफूले खानाको रुपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेला देखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेलालाग्ने परम्परा रहि आएको छ ।

15086359_1267788773244281_665450475_n

देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने बिभिन्न दृश्यहरु, ईष्टमित्र, साथी संगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाँट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा प्रशस्त देख्न सकिन्छ ।

15049998_1267788719910953_1840035128_n

तर भगवतीको गाथाको रुपमा गाईने डेउडा भने खेलिदैन । स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको विक्रि तथा प्रर्वद्धनका लागि पनि मेला प्रसिद्ध छ । वर्षमा एक पटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ती, मनोकामना पूरा हुने जन विश्वास रही आएको छ । मेलाको अवसरमा यहां दर्शन गरे बर्ष दिनसम्म भगवतीले रक्षा गर्ने र परिवारले सुख पाउने जन विश्वास रही आएको छ ।

15134300_1267788686577623_1898355305_n


Facebook Comment


No ads found for this position