एक मलेशियनको नेपालमा मृत्यु, अर्का एक गम्भिर अवस्थामा उपचार हुँदै

पर्यटकियस्थल लाङटाङ घुम्न आएका एक पर्यटकको मृत्यु भएको छ । ५८ बर्षका मलेसियन नागरिक यउ सिउ फोको मृत्यु भएको हो ।

एक मलेशियनको नेपालमा मृत्यु अर्का एक गम्भिर अवस्थामा उपचार हुँदै
एक मलेशियनको नेपालमा मृत्यु अर्का एक गम्भिर अवस्थामा उपचार हुँदै

लाङटाङको क्यजिन्ङभ्यालीस्थित पानोरमा होटेल एण्ड गेस्ट हाउसमा बसेका यउ सिउ फोको मंगलबार साँझ सुतिरहेको अबस्थामा शव् भेटिएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार अर्को एक पर्यटक पनि अचेत अवस्थामा भेटिएका थिए ।

उनको उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लागिएको छ । उनको श्वासप्रश्वासमा समस्या आएकाले उनिहरु हिमालयन मेन्टोर ट्रेकिङ एजेन्सीमार्फत रसुवा आएका थिए । फोको लेक लागी मृत्यु भएको प्रहरीको अनुमान छ । सव पोष्र्टमाष्र्टमका लागी बुधबार त्रिबि शिक्षण अस्पतालमा पठाईएको छ ।


Facebook Comment