काठमाण्डौमा “समृद्ध मध्यपश्चिम” फोटो र “वाईल्ड वेष्ट” भिडियो प्रर्दशनी सुरु

photo exhibitonकाठमाडौँ, २ मङ्सिर । मध्य तथा सुदूरपश्चिमका पर्यटकीयस्थललाई तस्बिर तथा भिडियोबाट प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि यहाँ चारदिने प्रदर्शनी सुरु भएको छ ।

मनघरी फाउन्डेसन र घुमफिर नेपालको आयोजनामा नेपाल पर्यटन बोर्डमा गरिएको प्रदर्शनीमा फोटो पत्रकार भरतबन्धु थापाले खिंचेका मध्यपश्चिमका १५ जिल्लाका प्रमुख पर्यटकीयस्थलका ५० तस्बिर तथा सुदूरपश्चिमको भिडियो राखिएको छ । प्रदर्शनीमा रारा, जुम्ला, दैलेख, बर्दिया, खप्तड, बढीमालिका, स्वर्गद्वारीलगायत स्थानका तस्बिर र भिडियो राखिएको छ । भिडियो प्रदर्शनी दश वटा छन् । photo exhibitonअथाह पर्यटकीय सम्भावना बोकेका मध्य र सुदूरपश्चिमका पर्यटकीय स्थानबारे सरोकार भएकाहरुको ध्यान पुग्न नसक्दा सो क्षेत्रको पर्यटन प्रवद्र्धन हुन नसकेको थापाले बताउनुभयो । यसअघि थापाले मध्य तथा सुदूरपश्चिमका तस्बिर सुर्खेत, दैलेख, नेपालगन्ज र भक्तपुरमा प्रदर्शन गरिसक्नुभएको छ ।

photo exhibiton


Facebook Comment


No ads found for this position