पर्यटन प्रवर्द्धनका लागि अफरोड यात्रा

घुमफिर,  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर एम एन्ड एस इभेन्टसले आयोजना गरेको इम्याजिन नेपाल अफरोड यात्राको टोली काठमाडौंबाट बेंसीसहर हुँदै मनाङका लागि निस्केको छ ।

maxresdefault

६ दिने यात्रामा ८० जना व्यवसायी, उद्यमी, कर्पोरेट लिडरसहित सय हाराहारी सहभागी हुँदै छन् । यो यात्रामा २ दर्जन स्पोर्ट युटिलिटी भ्याकिल ९एसयूभी० तथा आधा दर्जन मोटरसाइकलमा मनाङसम्म पुग्नेछन् । १४ सय मिटर उचाइको राजधानीबाट ३५ सय १९ मिटर उचाइको मनाङसम्मको टुरले साहसिक पर्यटनका गतिविधिको नवीन पक्षमा अन्वेषण गर्नेछ ।

‘फोरहील ड्राइभ’ क्षमताका अफरोड भ्यइकलमा जान लागेका सहभागीहरूले मस्र्याङदी नदीको किनारै किनार धूलो उडाउँडै मनाङ पुगेर लुकेछिपेको नेपालको प्राकृतिक र हिमाली सौन्दर्य उजागर गर्नेछन् । टुर आयोजना गर्ने एम एन्ड एस इभेन्टसको यो दोस्रो कार्यक्रम हो । यसअघि लीका अवसरमा राजधानीको गोकर्ण फरेस्ट रिसोर्टमा कलर रिपब्लिक कार्यक्रम आयोजना गरेको थियो । रोमानियाका डिजे एडवार्ड मायालाई ल्याई होलीलाई अन्तर्राष्ट्रिय बजारमा लैजान यसले उक्त कार्यक्रम गरेको थियो । मनाङसम्मका लागि हुन लागेको एडभेन्चर टुर एम एन्ड एस इभेन्टसको दोस्रो पर्यटकीय कार्यक्रम हो ।

पर्यटन प्रवर्द्धनका लागि अफरोड यात्रा
पर्यटन प्रवर्द्धनका लागि अफरोड यात्रा

काठमाडौंबाट हिँडेको पहिलो दिन यो टोली बेंसीसहरमा बस्नेछ । बेंसीसहरपछि मनाङको तिमाङमा दोस्रो अनि तेस्रो बास मनाङमा हुनेछ । यो यात्रामा टायर चेन्ज गर्ने प्रतियोगिता, फायर क्याप्प, घोडचडी, हाइकिङ, म्युजिकल नाइट आदि हुनेछन् । नेपाल पर्यटन बोर्डले घुमफिर वर्ष घोषणा गरेका बेला हुन लागेको यो टुरमा चिकित्सक, म्याकानिक, सेफलगायतको सहयोगी टोली पनि साथै रहनेछ । कार्यक्रममा हुने सबै गतिविधि फोटोरभिडियोग्राफीमा कैद हुनेछन् । यसका लागि छुट्टै टिम हुनेछ । यात्रालाई उच्चस्तरीय क्यामेराका साथसाथै दुइटा ड्रोनले पनि पछ्याउनेछन् । अफरोड टुर कल्चर नेपालीमा विकास गराउने उद्देश्य राखेको टुरमा जानेहरू काठमाडौं फर्केपछि एउटा क्लबमा आबद्ध हुनेछन् ।


Facebook Comment


No ads found for this position