२५ करोड लागतमा सराङकोटमा खुल्यो ‘हिमालयन फ्रन्ट’

पर्यटन व्यवसायी कर्ण शाक्यको केजीएच (काठमाडौं गेस्ट हाउस) ग्रुपले पोखराको सराङकोटमा सातौँ होटल ‘हिमालयन फ्रन्ट’ सञ्चालनमा ल्याएको छ।
२५ करोड लागतमा सराङकोटमा खुल्यो ‘हिमालयन फ्रन्ट’
२५ करोड लागतमा सराङकोटमा खुल्यो ‘हिमालयन फ्रन्ट’
‘चेन होटल’को रुपमा पर्यटन क्षेत्रमा विभिन्न ठाउँमा लगानी गरेको केजीएचले करिब २५ करोड रुपैयाँ लगानीमा होटल सञ्चानमा ल्याएको हो। होटलको जापनिज पर्यटक युइचिरो मुइरा र ट्याक्सी चालक युद्ध बहादुर कार्कीले औपचारिक उद्घाटन गरे।
होटलमा ४४ कोठा छन्। प्रत्येक कोठामा २ वटा बेड राखिएका छन्। होटलमा रहेको सबै कोठाबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङखला सजिलै देख्न सकिन्छ। विशेषगरी जापानिज र नेपाली पर्यटकहरुलाई सेवा पुर्याउने लक्ष्य राखिएको हिमालयन फ्रन्ट रिसोर्टका म्यानेजिङ डाइरेक्टर दिवाकरराज कर्णिकारले जानकारी दिए।
प्रत्येक कोठाबाट हिमाली श्रृंखला र पोखरा सहरको केही क्षेत्र देख्न सकिने कर्णिकारले बताए। ‘सराङकोट डाँडाबाट देखिने सूर्योदय होटलका सबै कोठाबाटै देखिन्छ’ उनले भने, ‘होटलबाटै सुर्यास्त समेत हेर्न सकिन्छ।’
पोखरा सहरको धेरै भाग होटलको भवनबाटै देख्न सकिने भएकोले यहाँको बास निकै रोमाञ्चक हुने उनले बताए।
2
हाल पोखरा आएका पर्यटक ‘सनराइज’ र ‘सनसेट’ हेर्न माथि (सराङकोट डाँडा) मा उक्लिने गरेका छन्। पोखरा–बागलुङ राजमार्गको बिन्ध्यवासिनी मन्दिरबाट करिब २ किलोमिटर माथि अवस्थित होटलमा ‘स्विमिङ पुल’ पनि छ।
 त्यस्तै लाउञ्जबार, १ सय जना अट्न सक्ने सभा हल, तलमाथि गर्न सकिने लिफ्ट, रेस्टुरेन्ट लगायतका पुर्वाधार रहेका छन्। सुपर डिलक्स सबै कोठामा टिभी, मिनी फ्रिज, इलेक्ट्रिक केटली, टी मेकर लगायतका सुविधा पनि छन्।
होटलमा नेपाली पर्यटकका लागि ७ हजार ५ सय रुपैयाँ र विदेशीको हकमा २ सय डलरमा रुम प्रदान गरिने म्यानेजिङ डाइरेक्टर कर्णिकारले बताए।
पाँच महिना अगाडिदेखि सञ्चालनमा आएको होटलको विशेष मौका पारेर उद्घाटन समारोह गरिएको होटलका सञ्चालक कर्ण शाक्यले जानकारी दिए।
शाक्यका अनुसार सन १९७२ मा सगरमाथाबाट ‘स्की’ गरेर नाम राखेका र दुई पटकसम्म ८० वर्षको उमेरमा हिमाल आरोहण गरेका जापानिज नागरिक युइचिरो मुइराको पोखरा आगमनको अवसर पारेर उद्घाटन गरिएको हो।
त्यसैगरी नेपालमा इमान्दार मानिसको कमी भएको बताउँदै ट्याक्सी चालक युद्ध बहादुर कार्कीको नाममा होटलको कन्फ्रेन्स हलको नाम राखिएको र उनकै हातबाट कन्फ्रेन्स हलको उद्घाटन गरिएको शाक्यले बताए। सो ग्रुपका काठमाडौ, चितवन, लुम्बिनी र पोखरामा होटल सञ्चालनमा छन्।


Facebook Comment


No ads found for this position