इलाम घुम्ने आन्तरिक पर्यटकको संख्यामा बृद्धि ,तर पर्यटन व्यवसायी निरास ।

घुमफिर,इलाम घुम्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । पर्यटकको संख्या बढेपनि  आम्दानी भने बढेको देखिदैन । कन्याम, कोल्बुङको पाथीभरा, र श्रीअन्तुमा पर्यटक पुगेपनि अन्य पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् ।

tea-tour-in-nepal

यहाँको बजार केन्द्र बास बस्ने ठाउँ मात्र बनेको छ । इलाम बजार, फिक्कल, पशुपतिनगरले अझैपनि पर्यटकलाई आर्कषण गर्न सकेको छैन ।पर्याप्त प्रचार प्रसार र आर्कषण पूर्वाधार नबन्दा इलाम घुम्न आउने पर्यटकहरु बाट स्थानीयले लाभ लीन सकेका छैनन् । यहाँको बजार एकरात बास बस्ने ठाउँ मात्र बनेको छ ।

बास बस्न मात्र आउँने पर्यटककबाट सोचे जस्तो आम्दानी नभएको होटल ब्यवसायीहरुले  बताएका छन् ।यहाँका बजारमा एकरात बास बस्न मात्र पर्यटक आउने गरेका छन् । अधिकांश पर्यटक कोल्बुङको पाथीभरा, कन्यामदेखि भारतको दर्जिलिङ्ग बजार र मिरिकहुँदै पर्किने गरेका पर्यटन व्यवसायी बताउँछन् ।

stock-photo-71797957

यो वर्ष कार्तिक मसान्त सम्ममा १९ हजार ३२ जना पर्यटक इलाम भित्रिएका छन् ।  गएको वर्ष इलाम घुम्ने पर्यटकको संख्या भन्दा यो वर्ष सत्र सयले बढी आएको तथ्याङ्क छ । गएको वर्ष १४ हजार आठ सय चालिस पर्यटक मात्र आएकोे इलाम पर्यटन सूचना केन्द्र कोल्बुङ जोरकलशका सूचना अधिकारी गगन घिमिरेले बताए ।

जिल्लामा लगानी गर्न सकेमा मनोरम दृष्यावलोकनसँगै कृषि, धार्मिक, सांस्कृतिक पर्यटनको विकास गर्न सकिने सरोकारवालाको भनाई छ । यहाँको कन्याम, कोल्बुङको पाथीभरा, श्रीअन्तु, सिद्धिथुम्का, माङ्सेबुङ, इलाम बजार, पशुपतिनगर, सन्दकपुर, माइपोखरी, गजुरमुखी, छिन्टापु, सन्दकपुर लगायतका पर्यटकीय स्थलको प्रचारसँगै आर्कषणको पूर्वाधार बनेमा पर्यटकबाट सोचेजस्तै फाइदा लिन सकिने सम्भावना छ ।

tea3


Facebook Comment


No ads found for this position