सेयर बजारमा भयानक पहिरो, डेढ घन्टामै ६६ अंकले तल ओर्लियो बजार

काठमाडौं : साताको पहिलो दिन खुलेको सेयर बजारमा भयानक पहिरो गएको छ । बजार खुलेदेखि नै रातो भएको नेप्से पौनै एक बजेसम्म ६६ अंकले आरोलो लागेको छ।

गत बिहीबार पनि बजार चालिस अंकले तल ओर्लिएको थियो ।बजार खुलेको डेढघन्टामै  ४ प्रतिशतभन्दा बढी अर्थात ६६ अंकले बजार तल ओर्लिएपछि सर्किट ब्रेक लागेर कारोबार आधाघन्टाका लागि स्थगित भएको छ।

गत बिहीबारको पहिरोले अत्तालिएका लगानीकर्ताहरु आइतबारको गिरावट देखेर तर्सिएका छन् । बिहीबार ठूलो अंकमा गिरावट आएपछि आइतबार बजार केही सुध्रिन्छ भन्ने झिनो आसमा रहेका लगानीकर्ताहरु निकै निरास भएका छन् ।४ प्रतिशतभन्दा बढी दर बजार ओर्लिन थालेपछि कारोबार स्थगित भएको छ।

crash-58314708abd401-17146600

 

घट्ने बढ्ने सेयर बजारको सामान्य नियम नै हो । तर एकैदिन सेयरमा यति धेरै अंक घट्नुपर्ने अहिले कुनै पनि राजनीतिक तथा वित्तिय कारण नभएको विज्ञहरुले बताइरहेका छन् । अधिकांश कम्पनीहरुले गत वर्षभन्दा बढी नाफा कमाइरहेको पहिलो त्रैमासिक रिपोर्ट दिइरहेको र गत वर्षको कमाइबाट कम्पनीहरुले बोनस र हकप्रदको आकर्षक प्याकेज घोषणा गरिरहेका बेला बजारमा देखिएको यो गिरावटलाई विज्ञहरुले समेत अस्वभाविक र आश्चार्यजनक रहेको प्रतिक्रिया दिएका छन् ।

केही ठूला खेलाडीहरुको चलखेलका कारण बजारमा नाटकीय उथलपुथल देखिएको अनुमान गरिएको छ ।भूकम्प र नाकाबन्दीजस्ता विषय परिस्थितिलाई समेत सामाना गर्दै निरन्तर माथि उक्लेको सेयर बजारमा पछिल्लो समयमा नाटकीय उतारचढाप देखिएको छ । यसले बजारको आकर्षण र विश्वसनियतामाथि समेत प्रश्न उठ्न थालेको छ ।

आकर्षक लाभांस तथा बोनस आइरहेका बेला राम्रा कम्पनीहरुको सेयर घटाएर बुक गर्ने दाउमा एकथरी खेलाडीहरु देखिएका छन् । यतिबेला मध्यम र साना लगानीकर्ताहरु नाटकीय उतारचढापबाट सिकार भएका छन् ।

अहिलेसम्मको सर्वाधिक उच्च विन्दु १८८१ छोएर तल ओर्लिएको बजार लामो समय १७ सयको वरीपरी अडिए पनि बिहीबार र आइतबारको गिरावटले बजारलाई १६ सयको विन्दुबाट पनि तल झरेको छ।


Facebook Comment


No ads found for this position