इन्जिनियर छनौटमा चलखेल : सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक छानविनमा

काठमाडौ : सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंह विभागीय छानबिनका लागि मन्त्रालय तानिएका छन्। सहरी विकास मन्त्रालयले गत असोज १८ मा लिखित र कात्तिक २३ र २४ मा मौखिक परीक्षा लिएका इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर छनौटमा सिंहले व्यक्तिगत स्वार्थमा चलखेल गरेको आरोपमा छानबिनका लागि सिंहलाई मन्त्रालय तानिएको हो।

22222

सिंहको छानबिनका लागि परीक्षार्थीका उत्तर पुस्तिकासहित सम्पूर्ण कागजातसमेत मन्त्रालय तानिएको छ। सिंहलाई सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले पत्र काटेर आजै मन्त्रालय बोलाएका हुन्।

‘आार्थिक वर्ष २०७३/०७४ मा लागि मन्त्रालयले इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर मागेको थियो, गत असोजमा लिखित र कात्तिकमा मौखिक परीक्षासमेत सम्पन्न भएको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर महानिर्देशकबाट चलखेल भएको भन्ने जनगुनासो र स्वयम् निकटस्थ कर्मचारीहरूको समेत गुनासो आएपछि छानबिनका लागि मन्त्रालय बोलाइएको हो।’

उनले छानबिन नसकिँदासम्म उनलाई आरोपित गर्न नमिल्ने भन्दै मन्त्रालयले छनौट प्रक्रिया दोहोराएर हेर्न लागेको बताए। आरोप पुष्टि भएमा उनलाई विभागीय कारबाही हुनुका साथै अहिले भएको रिजल्ट पनि रद्द हुने उनले बताए।

तत्कालका लागि सहरी विकास तथा भवन निर्माण विभागमा भने मन्त्रालयका वरिष्ठतम उपमहानिर्देशक पठाउने तयारी रहेको उनले जानकारी दिए।

इन्जिनियर छनौटमा चलखेल : सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक छानविनमा
इन्जिनियर छनौटमा चलखेल : सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक छानविनमा

मन्त्रालयले आर्थिक वर्ष २०७३/०७४ मा विभिन्न परियोजना सम्पन्न गर्न २१६ इन्जिनियर, २५८ सव इन्जिजियर र ११० जना असिस्ट्न्ट सव इन्जिनियर मागेको थियो। तिनीहरूको गत असोज १८ मा लिखित तथा कात्तिक २३ र २४ गते मौखिक परिक्षा भएको थियो। परिक्षाको परिणाम विभागले सोमबार प्रकाशित गरेको थियो।


Facebook Comment


No ads found for this position