मनाङ पुग्यो अहिलेसम्मकै ठूलो नेपाली पर्यटक समूह

आन्तरिक तथा बाहिरी पर्यटक प्रवद्र्धन गर्ने उद्देश्य राखेर मनाङ पुगेको ८० जना नेपालीहरुको टोली त्यहाँ पुग्ने हालसम्मकै सबैभन्दा ठूलो नेपाली पर्यटक समूह हुन पुगेको छ ।

1

काठमाडौंको थापाथलीमा रहेको एमएन्डएस इभेन्टसले आयोजना गरेको ‘इम्याजिन नेपाल :  अफरोड यात्रा’ मा सहभागी नेपालीहरुलाई मनाङवासीले हालसम्मकै सबैभन्दा ठूलो आन्तरिक पर्यटकको समूह भनेका छन् ।

‘फोरह्वील ड्राइभ’ क्षमताका अफरोड गाडीमा मनाङ पुग्ने हामी सबैभन्दा ठूलो समूहमा परेका छौं,’ सोमबार मनाङ्ग पुगेका इभेन्ट्सका सीइओ मोनाइक कार्कीले  भने, ‘हामीलाई माथिल्लो मनाङमा थुप्रै गाउँका सयौं मनाङबासीले स्वागत गर्दै हालसम्मकै सबैभन्दा ठूलो नेपाली पर्यटक समूह भनी स्वागत गरे । यो टोली शुक्रबार काठमाडौंबाट बेंसीसहर हुँदै मनाङका लागि निस्किेको थियो ।

22112016064340anan2259

६ दिने यात्रामा ८० जना व्यवसायी, उद्यमी, कर्पोरेट लिडरसहित सहभागी छन् । यो यात्रामा २२ वटा फोर व्हीलर स्पोर्ट युटिलिटी भ्याकिल (एसयूभी) तथा चारवटा अफरोड मोटरसाइकल प्रयोग गरिएका छन् । ३५ सय १९ मिटर उचाइमा रहेको मनाङसम्मको टुरले साहसिक पर्यटनका गतिविधिको नवीन पक्षमा अन्वेषण गर्ने उदेश्य राखेको छ ।

मनाङबाट मंगलबार बेसीसहर आइपुगेको यो टोली बुधबार काठमाडौं आइपुग्दै छ । यो समूह मनाङ पुगेर गंगापूर्ण ताल पनि पुगेको थियो । स्थानियले इम्याजिन नेपालको टोलीलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका थिए । यो टोलीले मनाङमा घोडचडी गरेको थियो भने काङसारमा आर्चरी खेल अवलोकन गरेको थियो ।

यो टुर आयोजना गर्ने एमएन्डएस इभेन्टसको यो दोस्रो कार्यक्रम हो । यसअघि होलीका अवसरमा राजधानीको गोकर्ण फरेस्ट रिसोर्टमा कलर रिपब्लिक कार्यक्रम आयोजना गरेको थियो । इभेन्टसले पर्यटकीय कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने भनेको छ ।

22112016064339anan2318

नेपाल पर्यटन बोर्डले घुमफिर वर्ष घोषणा गरेका बेला हुन लागेको यो टुरमा चिकित्सक, मेकानिक, सेफलगायतको सहयोगी टोली पनि साथै छ ।

22112016064340anan2250

 


Facebook Comment


No ads found for this position