बाँसको सामग्री बनाउने पेसा सङ्कटमा

बँेसीसहर (लमजुङ), ११ मङ्सिर । ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेसा अहिले सङ्कटमा पुगेको छ ।

बाँसको सामग्री निर्माण गर्न कठिनाई हुने र उक्त सामग्रीले बजारसमेत नपाउँदा यो पेसा सङ्कटमा पुगेको हो ।

बजारमा प्लास्टिकका सामग्रीको उत्पादन सस्तो र सहजरुपमा पाउन थालेपछि ग्रामीण क्षेत्रमा निर्माण गरिएका यस्ता सामग्रीले बजार पाउन सकेका छैन् ।

सहर तथा ग्रामीण क्षेत्रमा प्लास्टिकका सामग्रीको बढ्दो प्रयोग र बाँसका सामग्री बनाउने पेसा अँगाल्ने जनशक्तिको कमिका कारणले यो व्यवसाय सङ्कटमा परेको गाउँलेको दावी छ ।

यो पेसा सङ्कटमा आएसंगै बाँसको चित्रा, डोको, थुन्छे, नाङ्लो, मान्द्रो, भकारीे र स्याखु जस्ता सामग्रीको उत्पादन समेत अत्यन्त न्यून हुने गरेका छन् ।

यो पेसाप्रति युवा पुस्ताको आकर्षण कम हुँदा पनि सङ्कटमा परेको हो । “बाँसका सामग्री बनाउने मान्छे पनि कम छन्, बनेका सामग्री बजारसम्म कसले पु¥याइ दिने ?” सिउरुङका उमरबहादुर गुरुङ भन्नुहुन्छ “अहिलेका युवा पुस्ता परम्परागत काममा इच्छा नै देखाउँदैनन् ।

“बाँसको सामानभन्दा प्लास्टिकका सामानको खपत बजारमा बढी हुने भएकाले गाउँघरबाट प्रायः यस्ता सामान कम आउन थालेका स्थानीय ब्यापारी बताउँछन् ।

“बाँसका सामाग्री बनाउदा धेरै दुःख हुन्छ, श्रम, र लगात अनुसारको प्रतिफल नआउँदा यसप्रतिको आकर्षणमा कमि आएको” भुलभुलेका कमल खत्री भन्नुहुन्छ ।

दम्पती हाजिर जवाफ प्रतियोगिता

त्यसैगरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत चितीमा दम्पती हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्लास्थित विभिन्न गैरसरकारी सस्थाको समन्वयमा महिला विकास कार्यलयद्वारा शुक्रबार आयोजित उक्त प्रतियोगितामा गणेशकुमारी लौडारी र दोधराज लौडारीको जोडी प्रथम, भवानी श्रेष्ठ र रामकृष्णा श्रेष्ठको जोडी द्वितीय, निर्मला राना र विष्णु रानाको जोडी तृतीय तथा सावित्रा श्रेष्ठ र टेकबहादुर श्रेष्ठको जोडी सान्तवना पुरस्कार प्राप्त गरेका थिए ।

परिवारमा दाम्पत्य सम्बन्ध सुमधुर र बलियो बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा १६ दम्पतीको सहभागिता रहेको महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेले बताउनुभयो ।

“घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासको लागि लैङगिक हिंसारहित समाज” भन्ने नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो ।


Facebook Comment


No ads found for this position