पर्यटन क्षेत्रमा सोल्टी स्थापित :अध्यक्ष राणा

काठमाडौं। नेपालकै पुरानो पाँचतारे सोल्टि होटेलले स्वर्ण जयन्ती मनाएको छ।  सोल्टी सन् १९६६ सालमा स्थापना भएको थियो। स्वर्ण जयन्ती कार्यक्रममा होटेलका संस्थापक अध्यक्ष प्रभाकर शम्सेर राणाले नेपालको पर्यटन क्षेत्रमा सोल्टी ब्राण्ड स्थापित भएको बताए।उनले सोल्टीले नेपालको पर्यटन सेवामा सुरु गरेको गुणस्तरीय पर्यटन सेवा अहिलेसम्म निरन्तर रहेको बताए। उनले होटेलसँगसँगै नेपालमा एयरलाइन्स क्याटरिङको सेवालाई समेत सोल्टले सफल बनाएको बताए।
अन्तर्राष्ट्रिय चेन होटल क्राउन प्लाजासँग आवद्ध सोल्टीले पोखरा र नेपालगञ्जमा पनि चाँडै होटल सञ्चालन गर्दैछ।  सोल्टीले गत वर्षदेखि पोखरा र नेपालजञ्जमा होटल निर्माण सुरु गरेको थियो। अर्को बर्षदेखि दुवै स्थानमा चारतारे होटेल सञ्चालन हुनेछन्।
होटेल सञ्चालक समितिका अध्यक्ष दिनेशवहादुर विष्टले  नेपालमा नीजि क्षेत्रले होटेल क्षेत्रमा गरेको लगानी विदेशी पाहुनाको सत्कारमा निकै प्रभावकारी भएको बताए।


Facebook Comment


No ads found for this position