अब मृत्युसंस्कार ‘पाँच दिन’

१२ मंसिर, काठमाडौं ।  संस्कार सुधार समाज नेपालले  अन्तिम संस्कार विधि लामो भएको भन्दै  त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाएको छ ।

priestकाजकिरियालाई समय सान्दर्भिक बनाउनुपर्छ भनेर  अभियानमा लागेको समाजले शनिबार पाँच दिने अन्त्य पद्धती पुस्तक सार्वजनिक गर्दै काजकिरिया अवधिलाई शास्त्रसम्मत घटाउने विकल्प प्रस्तुत गरेको हो ।

‘मृत्यु संस्कार सुधार हो हाम्रो संकल्प, दस दिनको ठाउँमा तीन दिने विकल्प’ नाराका साथ लागेको समाजले काजकिरिया अवधि पाँच दिनमा झार्नुपर्ने अभियानलाई देशब्यापी बनाइरहेको छ ।

पारसमिण पोखरेल र रुद्रप्रसाद आचार्यले तयार पारेको उक्त कृतिमा १० दिनसम्म गर्नुपर्ने कार तीन दिनमा तथा ११ औं र १२ औं दिनका काम क्रमश चार र पाँच दिनमा कसरी गर्ने भन्ने प्रस्टाइएको छ ।

मृत्युसंस्कारको सरलीकृत अवधारणा, दसदान तथा गोदान विधि र पाँचदिने पद्धतिअनुसार कियरयाकर्म गर्ने गराउने विषय त्यमा समेटिएको छ ।


Facebook Comment


No ads found for this position