सम्पदा निर्माणमा सहयोग गर्ने मन्त्री केसीको प्रतिबद्धता

त्रिशूली (नुवाकोट), १२ मङ्सिर । भूकम्पका कारण भत्किएको नुवाकोट दरबार क्षेत्रमा रहेका स्थानीयको घरलाई पुरातात्विक शैलीमा निर्माण गर्ने स्थानीयको योजनालाई सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

arjun-narsingh-kcविदुरमा आयोजित मौलिक तथा परम्परागत आवास निर्माण गर्ने योजनासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मन्त्री केसीले मुलुकमै पर्यटकीय र सांस्कृतिक महत्व बोकेको स्थानलाई सम्पदा गाउँ निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

मन्त्री केसीले नुवाकोटको दरबार क्षेत्र आसपासमा रहेको सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षण र जगेर्ना गर्दै मन्त्रालयबाट गर्न सकिने आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । विनाशकारी भूकम्पले क्षति पु¥याएको निजी आवासको पुनःनिर्माण अभियानलाई अवसरका रुपमा लिएर पर्यटकीय महत्वलाई वृद्धि गरी विदुर नगरपालिका– २ र ३ को ४२० घरधुरीलाई एकै स्वरुपका मौलिक आवास निर्माण गरिने नुवाकोट सम्पदा गाउँका अध्यक्ष पुस्कर शर्मा रिमाल जानकारी दिनुभयो ।

उक्त अवसरमा मन्त्री केसीलाई स्थानीयले ज्ञापनपत्र बुझाउँदै सात तले दरबार, भैरवी मन्दिर, तलेजु भवानीको मन्दिर लगायतको पहिचानलाई जोगाउन आग्रह गरेका थिए ।


Facebook Comment


No ads found for this position