यस्तो थियो लोकमानलाई बर्खास्तको सिफारिसमा चिठ्ठी
१३ मंसिर, काठमाडौं । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल भएका कारण कार्कीलाई तत्कालीन सरकारले बर्खास्त गर्ने तयारी गरेको प्रमाण कान्तिपुरले फेला पारेको छ ।
राष्ट्रिय योजना आयोगको विशेष अधिकृत भएका बेला कार्की २०६४ साउन २८ गतेपछि ९० दिनभन्दा बढी गयल थिए । कारबाहीको फाइल प्रक्रियामै रहेका बेला उनले राजीनामा दिएका थिए । यी कागजातले उनलाई अख्तियारको प्रमुख आयुक्त बनाउने क्रममा संवैधानिक परिषदको बैठकले ‘उच्च नैतिक चरित्रयुक्त’ भनी गरेको सिफारिसमाथि प्रश्न खडा गरेको छ ।
लोकमानसिंह कार्कीलाई निजामती सेवाबाट बर्खास्त गर्ने निर्णयमाथि लोकसेवा आयोगमा परामर्शका लागि तत्कालीन मुख्यसचिव भोजराज घिमिरेले सामान्य प्रशासन सचिवलाई लेखेको पत्र । साभार कान्तिपुर