अछाममा रेडियाको स्टेसन म्यानेजर पदमा भँगेरो नियुक्त

१४ मंसिर, काठमाडौं ।  रेडियाको स्टेसन म्यानेजर पदमा भँगेरो नियुक्त भएको छ ।

bhageroअछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफएमले रेडियोको स्टेसन म्यानेजरमा भँगेरो नियुक्त गरेको हो ।

रेडियोको प्रशारण केन्द्रमा १ वर्षदेखि बसिरहेको भँगेरोलाई सोमबारबाट लागू हुने गरी मानार्थ स्टेसन म्यानेजर पदमा नियुक्त गरिएको कार्यकारी निर्देशक वेदप्रकाश तिमल्सिनाले बताए ।

लोपन्मुख अवस्थामा रहेकाले पन्छीको संरक्षणका लागि दबाब पुगोस् भन्ने उदेश्यले भँगेरोलाई स्टेसन म्यानेजर नियुक्त गरिएको रेडियोले जनाएको  ।

रेडियोको स्टुडियो रहेको घरमा गौँथलीले लगाएको गँुड कब्जा गरी एक्लो भगेरो बसिरहेको छ ।
सोमबार बसेको रेडियो सञ्चालक समितिको बैठकले भँगेरोलाई मानार्थ स्टेशन म्येनेजर पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।


Facebook Comment


No ads found for this position