२ सय बिघा जग्गामा रामदेवको योजना

baba-ramdev१४ मंसिर, काठमाडौं । पतन्जली योगपीठ हरिद्धार भारतका स्वामी रामदेवलाई जडीबुटी खेती तथा आयुर्वेद शिक्षण अस्पताल निमार्णका लागि भन्दै नेपाल संस्कृत विश्व विद्यालयले २ सय बिघा जग्गा भाडामा दिने तयारी गरेको छ ।

विश्वबिद्यालयका उपकुलपति कुलप्रसाद कोइराला तथा उच्च कर्मचारीको पहलमा ४० वर्षका लागि जग्गा भाडामा दिन लागिएपछि विश्वविद्यालयका पदाधिकारी नै विरोधमा उत्रिएका छन्।

स्थानीय तहमा विवाद भएपछि यस सम्बन्धी फाइल सिधै प्रधानमन्त्री पुष्पकमल दाहालकहाँ पठाइएको छ।स्रोतका अनुसार रामदेवले प्रधानमन्त्रीलाई प्रभावमा पारेर उक्त निर्णय गराउँदैछन्।


Facebook Comment


No ads found for this position