नयाँ आईफोनका १० ढाँचा

i-phoneअमेरिका (वासिङ्टन): एप्पलले आगामी वर्ष १० औं वार्षिकोत्सवका अवसरमा ल्याउने आईफोनका लागि १० भन्दा बढी ढाँचा तयार पारेको छ ।

वाल स्ट्रिट जर्नलका अनुसार कम्पनीको योजनामा रहेका ढाँचामध्ये कर्भड स्क्रिन पनि छ । एप्पलका वितरकले राम्रो रिजोलुसनसहितको पातलो स्क्रिनको आईफोन ल्याउन आग्रह गर्दै आएका छन् ।

यो विशेषता सामसङको ग्यालेक्सी एजमा पनि रहेको जर्नलले जानकारी दिएको छ । उच्च कोटीको स्मार्टफोन बजारमा हाल एप्पलसँग सामसङको मात्रै प्रतिस्पर्धा रहँदै आएको छ ।


Facebook Comment


No ads found for this position