चिनियाँ दुई विमान पुसभित्रै ल्याइने

१६ मंसिर, काठमाडौं । नेपाल सरकारले सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेकामध्ये दुइटा विमान पुसभित्र नेपाल ल्याइने भएको छ । यी जहाज राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ल्याउने हो । निगमका महाप्रबन्धक सुगतरत्न कशांकारले मध्य पुसभित्रै दुइटा विमान ल्याउने प्रयास भइरहेको बताए । ‘पर्यटन मन्त्रालयको निर्णयअनुसार अहिले एउटा एमए–६० र वाई १२–ई विमान डिसेम्बर (मध्य पुस) भित्रै ल्याउने कोसिसमा छौं,’ उनले भने । यसअघि यस्तै खाले दुईवटा विमान उडानमा छन् । ती विमान चीन सरकारले अनुदानमा दिएको हो ।साभार कान्तिपुर


Facebook Comment


No ads found for this position