नेपालको पर्यटन योजना विहीन छ : ब्यबसायी गैरे

विगत बत्तीस वर्ष देखी नेपालको पर्याटन क्षेत्रलाइ ज्यादै नजिकबाट नियाली रहेका पर्यटन व्यवसायी हरी गैरे, नेपालको पर्यटनलाई अन्य पर्यटन व्यवसायीहरुको भन्दा अलिक फरक ढंगको बुझाइ रहेको छ व्यबसायी गैरेको । लामो समय देखि अनबरत ब्यबसायमा लागीरहेका कारण आज पर्यटन क्षेत्रमा गैरेले आफुलाई एक जिम्मेवार व्यत्तीत्वको रुपमा चिनाउन सफल भएका छन् । गैरेका अनुसार विना लक्ष्य अघि बडनु घातक बन्न सक्छ भने कुनै एक लक्ष्य लिएर लागेको खण्डमा अवश्य सफल भईन्छ । पर्यटन सग केन्द्रित रहेर गैरेसगं घुमफिरले गरेको कुराकानी
hari-gaireपर्यटन क्षेत्रमा लाग्ने सोच कसरी आयो ?
मेरो जन्म अर्घाखाची जिल्लामा भएको हो र अध्ययनको सिलसीलामा काठमाण्डौ आए ।मेरो उच्चशिक्षा काठमान्डौमा भएको हो । त्यो समयमा म संग साथीहरुको कार्यक्षमता जुन मैले देखे त्यो देखेर म मा केहि गर्ने उत्सुकता जाग्यो र अवशर पनी जु¥यो ।

मेरो विहानको क्लास थियो पाटनमा ,विहान क्लास सकिएपछि साथीहरु दिउसो काममा जाने गर्थे र उनीहरुले कामगरेबापतको पारिश्रमीक दश विस रुपैया पनी अहिलेको दश विसहजार जस्तै मान्नु पर्छ । साथीहरुको समय निकालेर गर्ने पार्टटाइम काम र त्यसबाट हुने आम्ँदानीले मलाईपनी सो क्षेत्रमा लाग्ने वातावरण तयार गर्यो

कस्तो अनुभव रह्यो अहिले सम्म ?
धेरै आरोह अवरोहहरु पार गरेर यहासम्म पुगेको छु । होटन पर्यटन क्षेत्रमा लागीरहदा गलत क्षेत्रमा हात हालीएछ जस्तो पनी लाग्यो केहि समय ,तर पनी हामीले त्यस्ता समस्याहरुलाइ निरन्तर फेस गर्दै अघि बडिनै रह्यौ र हामीले जुनबेला यो क्षेत्रमा प्रवेश गर्दा खेरीको जुन टुरिर्जंम स्टयाटस थियो टुरिर्जम डेप्लपमेण्ट अहिलेको समयसम्म आईपुग्दा धेरै गुना परिवर्तन भएको छ । स्वभावीकै रुपमा विकाससंग परिवर्तनहरु त हुन्छन नै र सम्भावनाहरु पनी पहिलेको तुलनामा प्रसस्त देखापर्दै गए ,तर विकास संग सगै हामीले विनास पनी गर्दै गयौ र चुनौती पनी त्यतीकै रहदै गयो ।जुन हामी संग रहेका संस्कृती,परम्परा,विभिन्न धरोहरहरु,विभिन्न रितीरिवाज,हाम्रो कल्चर, यी सबै कुराहरुलाई पश्चीमी शैलीले जसरी ग्रयाव गर्दै गयो ,यसले फेरि हामै्र टुरिर्जममा अर्को चुनौती थप्दै गयो । हामी त्यो संम्सकृतीमा रमाउदै गयौ र हाम्रो संस्कृतीलाई हामीले भुल्दै गयौ ।

अन्तत ः यस्ले टुरिर्जमको विषयवस्तुमा भन्दा पनीं आर्टिफिसल तीर लाग्दै गयो । नेचुरलमा बडी रमाउने नेचुरललाई बडी मायागर्नेमा कमी आयो र यसमा नत नेपाल सरकार वा नेपाल टुरिर्जम बोर्डले ध्यान दिन सक्यो न हामी पर्यटन व्यवसायीले त्यती राम्ररी बुझाउन सक्यौ ,नत प्राइभेट सेक्टरले नै त्यो खालको आफ्नो प्रस्तुती देखाउन सक्यो । यो अली बडी नै कर्मशलाईज हुदै गयो ।अब अहिले यो चाहि ठुलो चुनौती अहिलेको पर्यटनले फेस गरेको छ ।

चुनौतीहरु सगसंगै अवसरहरु पनी त छन नी ?
अवश्यपनी, अवसरहरु पनी छन्, तर तीनलाई क्यास गर्नलाई हामी संग योजना चाहिन्छ ,हामीसंग त्यस्तै खालको पुर्वाधार विकास चाहिन्छ । हामी योजनाबद्धढंगले गएनौ भने हामी कहा पुग्ने भन्ने एउटा गन्तब्य तय नै भएन भने त त्यो बाटो विहिन हुन्छ ।गन्तब्य विहिन भयो भने कहाँ पुगिन्छ पुगिन्छ ? त्यसैले पनी हामीले अहिले देखिरहेको टुरिर्जमको गन्तब्य विहिन तरीकाले हिडीरहेको हामीले महसुस गरेका छौ । राज्यले ट्वाटी ट्वाटी वर्ष मनाईरहदा बीसलाख टुरिस्ट भित्रयाउने भनीरहेको छ , बीसलाख टुरिस्ट भित्रयाउने हाम्रा योजनाहरु के के हुन त ? त्यो कुरा हामी गर्दैनौ । हामीले १९९८मा आठ लाख पर्यटकको परीकल्पना ग¥यौ र अहिले हामीले २२ वर्षपछि त्यो आठलाख बाट २०लाख पु¥याउने लक्ष्य छ ।

योजना भनेको अहिले शुन्य गतीमा पर्यटन चलेको देखिन्छ ।अहिले सम्म हामीले टुरिर्जमलाई ब्राण्डीङ गर्न सकेका छैनौ । टुरिर्जममा नेपालको ब्राण्डके भनेर कसैले सोध्यो भने हामी त्यो पनी भन्न सक्ने स्थीतीमा छैनौ र अहिले साच्ची भन्ने हो भने नेपालमा अहिले कती टुरिस्ट आइरहेका छन भन्ने प्रश्न कसैले सोध्यो भने हामी ठ्याकै यती आउछन् ,यो यो राष्ट्रको यती यती आउछन् भनेर भन्न त सकेन सकेन ओभर अल नेपालमा यती पर्यटक आउछन् भनेर पनी भन्ने एथन्टीक डाटा नै हामीसंग छैन ।सरकारले कस्तो डेटा दिईरहेको छ भने जसले विमान स्थलमा आएर चार्ज तीर्छ उसैको आधारमा डेटा दिइरहेको अवस्था छ ।विमान स्थलबाट आएका पर्यटकले नेपाल टुरिर्जमबोर्डलाइ तिरेको हजार रुपैयाको आधारमा मात्र तयार पारिएको डेटामात्र उपलब्द छ , अनेत्रबाट वा अन्यमार्ग प्रयोगगरि आएका पर्यटक त गन्तीमै पर्दैनन् ,कुनै लेखाजोखा छैन ।यो बडो गम्भीर बडो विडम्बना पुर्ण जस्तो देखिन्छ ,यो देख्दा कतै ठुलै दुर्घटना हुन्छ कि जस्तो लाग्छ ।

तपाईको कुरा सुन्दा त राज्यले आन्तरीक र बाह्य पर्यटकहरु विच वीभेध गरेको जस्तो देखीयो त?
अवश्य पनी,यो किन हो भने अस्ती भर्खरै मैलें सामाजीक संजालमा पनी देखे र मीडीयाहरुमा पनी सुन्न पाए ,कि पर्यटक भनेका हरिया प्लेट भएका गाडी चड्ने हुन भनेर ।पर्यटक भनेको त हरियो प्लेटनम्बर भएको गाडी चड्ने भनेर नेपालसरकारका जिम्बेवार निकायहरुले ब्याख्या गरेको जस्तो बुझीयो ।वास्तवमा विदेश तिर जहा आन्तरिक पर्यटकहरु हुदैनन् त्यहा बाह्य पर्यटक विकास हुदैनने भन्ने धारणा हुन्छ , पहिला आन्तरीक पर्यटकलाई प्राथमीकता दिईन्छ तर यहाँ चाहि आन्तरीक पर्यटक चाहि पर्यटकै होईनन् र संगसगै पर्यटन क्षेत्रलाइ अहिलेसम्म राज्यले भन्ने बेलामा चाहि पर्यटन उद्योग भनिरा छ , पर्यटन उद्योगको रुपमा कहानीर सँम्बोधन ग¥यो त भनेर प्रश्न ग¥यो भने उत्तरै छैन ।

नेपालको पर्यटनक्षेत्रले आफ्नो लक्ष्य पुरागर्न सरकारले के गर्नु पर्ला ?
म फेरी अघि भनेको कुरा दोहराउ छु कि सरकारले पर्यटनलाई उद्योगको रुपमा सम्बोधन त ग¥यो तर व्यवहारमा के ग¥यो त ? भाषामा होईन ,व्यवहारमा हुनुप¥यो ।राज्यले बोल्नेकुरा व्यवहारीक हुनु प¥यो ।ऐथेन्टीक्स हुनुप¥यो र त्यो भयो भने बल्ल लगानी गर्ने लगानीकर्ता पनी बलियो रुपमा,निरधक्क भएर लगानी गर्ने मानीसहरु अगाडी आउछन् । हाम्रो देशमा बन्ने सरकारहरु अस्थीर बन्छन् । विभिन्न बिच बिचमा हुने पोलीसीहरु परिर्वन भैरहन्छन् ।

हाम्रो पोलीसीहरु परिर्वन भैरहने हुदाँ कती दिर्घकालीन असर गर्छ भन्ने कुराको पनी लेखाजोखा गर्नु पर्छ ।अहिले हामीलाइ एउटा होटल बनाउन स्तरीय होटल बनाउन पाचँ वर्ष लाग्ला र उसले एउटा वित्तय क्षेत्रबाट पाच प्रतिशत छ, प्रतीशतमा एउटा समझदारी गरेर लोन लिएको हुन्छ ।तर यहाको वित्तय उतार चडाव भने अठार प्रतिशतसम्म पुग्दीयो भने त त्यो प्रोजेक्ट त कसरी इम्प्लीमेण्टमा जाला? भन्नेकुरा त विचार गर्नु प¥यो नी ।तर त्यो पनी नगरिकन हाम्रो पोलीसीहरु आईरहेको हुन्छ र त्यो हामीले सामना गरेका छौ ।

सरकारलाई मात्र कहीलेसम्म दोष दिएर बस्ने त ?
ठिकै हो,तपाईले भनेका कुरा पनी । यसमा म एकदम सहमत छु ।हो सरकारलाई मात्र दोष दिएर पनी हुदैन् ।त्यो पनी हामी व्यवसायीहरुको नराम्रो पक्ष्य हो । सरकारप्रती नेगेटिभ मात्र देखीनु पनी राम्रो हुदैन् ।व्यवसायीहरुको पनी मर्यादा,काम कर्तब्य र अधिकार व्यवसायीको एउटा डिसीप्लीन हुन पनी जरुरी छ , र पर्यटन भनेको हाम्रो संस्कृती हाम्रो कल्चर ,हाम्रो रहन सहन,र हामीले दिने आतिथ्यताले गर्दा पर्यटन विकास हुने हो ।हिजो हामीले के भजाई रहेका छौ भने हाम्रा पुर्खाहरुले एउटा व्यवस्था गरेको खिसिक्क हासेर बोल्ने ,मीठो बोल्ने,र आएका पाहुनाहरुलाइ स्वागत सत्कार गर्ने ,विमुखा पठाउन हुदैन्, केहि ख्वाएर पठाउनु पर्छ ,भन्ने हाम्रा पुर्खाहरुले एउटा बेड विस्तरा एउटा छुट्टै कोठी बनाएर पाउनाहरुलाइ राख्ने गर्थे ।

त्यतीखेर हाम्रा पुर्खाहरुले केही गरेका रहेछन ,त्यो चलन थियो ।त्यही विकास भएर अहिले होमस्टेको रुपमा विकास भयो ।अहिले हामीले त्यो पनी भुलेर फेरि कर्मशलाईज गर्दै छौ ।हामी व्यवसायीहरुको पनी एउटा डिसिप्लीन एउटा मर्यादा त्यो अलिकती बटम लाईनबाट बाहिर गयोकि भन्ने मैले अनुभव गरिरहेको छु यो कारणले थुप्रै चुनौतीहरु छन् ती चुनौतीका बाबजुत हामी एक भएर अघि बड्नुको वीकल्प छैन् ।

विगत दुई वर्षको पर्यटनलाईमात्र मुल्याङक कसरी गर्नु हुन्छ ?
सबै भन्दा डरलाग्दो कुरा सरकारको नितीका कारणले पनी यो क्षेत्र अती मर्माहित छ ।कुनैपनी सरकार परिर्वतन पिच्छे पोलीसीहरु भाषामा परिर्वन भैरहेका हुन्छन् र त्यसले दिगो पर्यटनमा अली नकारात्मक असर पार्छ र यो दुई वर्षको गतीविधी हामीले हेरिरहेका छौ,यसमा कुनै दिन विहान उठेर हेर्दा अलीकती आशा पलाएको फिल गर्छौ त कहिलेकाही अलीक झस्केको जस्तो महसुस पनी हामीले गरिरहेका हुन्छौ ।यसले किन यस्तो बनायो भने यहालाई मैले अगाडी पनी भनी सके कि हाम्रो स्टावीलीटी सरकार न हुनु, सहिखालको पोलीसी नहुनु र सम्बन्धीत क्षेत्रमा बस्ने व्यती दक्ष्य नहुनु जस्ता कारणले पनी यो क्षेत्र अलीकती अफ्ठेरोमा परेको हामीले महसुस गरेका छौ । र अहिले स्टील पनी हामीले कुनैपनी व्यवसायलाई वर्गिक्रित गरेका छैन्उ, । एउटा चाहि व्यवसायको वर्गिक्रित,व्यवसायको स्तर ,पर्यटनको पर्यादा र त्यो व्यवसायमा काम गर्ने जनशत्ति र त्यहा खपत हुने म्याटीरियलहरु ती कुनैपनी हामीले स्वदेशको प्रयोग गर्ने वातावरण अहिले सम्म बन्न सकेको छैन् ।

हाम्रो क्षेत्रमा जतीपनी उत्पादीत बस्तुहरुछन् ती प्रयोग गर्ने वातावरण भैदिएको भए आज यती धेरै जनशत्ति विदेश पलाएनको स्थीती आउने थिएन । त्यसैले पनी हामीले हाम्रो आन्तरीक अत्पादनहरुलाई चाहि धेरौ भन्दा धेरै प्रयागमा ल्याउनु राष्ट्रपतीको उत्तरदाईत्व हो यो सबैले महसुस गर्ने वातावरणको सृर्जना गर्न जरुरी छ। यसमा राष्ट्र ,जनता,व्यवसायी सबैको उत्तीकै सहभागीता जरुरी छ र भने अनुसारको वातावरण अहिले सम्म बनेको छैन र अर्को कुरा अहिलेको हाम्रो उत्पादीत जनशत्ती एकदम खतरनाक छ ।अहिले जुनकिसीमको जनशत्ति उत्पादन भैरहेको छ त्यो विदेश पठाउनको लागी मात्र उत्पादन गरिरहेका छौ ।

यहा सेवा दिन ,इम्प्लीमेण्ट दिन गुणस्तरीय सेवादीनकालागी उत्पादन गर्न सकेका छैनौ ।त्यसैले हाम्रा भोलीका दिनमा ठूलो चुनौती आउन सक्ने देखिरहेका छौ ।र विगतको यो दुई वर्षमा हामीले जुन आशा गरेर लगानी गरिरहेका छौ त्यो लगानी अनुसारको प्रतीफल व्यवसायीहरुले पाएका छैनन् यो एउटा त्रास,अर्को आन्तरीक राजश्वको त्रास ,अर्कोतिर व्यवसायीहरुको स्थीती कोल्याप्सको त्रास र सबै विषयवस्तु अली अलमलमा परेको हो कि जस्तो हामीलाई महसुस भएको छ ।र अबको दिनमा अलीकती दक्ष्य अनुभव भएका मन्त्रालयहरुमा जनशत्तिहरु थपगरेर योजना बद्ध ढंगले यसलाई अगाडी बडाउने सोचका साथ सम्बन्धीत क्षेत्र, नेपालसरकार ,मीडीया ,हामीले सबैभन्दा बडी मीडीया प्रयोग गर्न सकेनौ । यो पर्यटन क्षेत्र भनेको हामीले जतीबडी हल्ला गर्न सक्यौ त्यती पर्यटक भित्रयाउन सकिने हो ।यसमा पनी हामी धेरै पछाडी छौ । त्यसैले अबका दिनमा मिडीया नेपालसरकार र पर्यटन व्यवसायीहरुको संयुत्त प्रयासमा पर्यटनलाई अगाडी बडाउन सक्यौ भने भोलीका दिनहरु अलीकती ब्राईट हुनसक्छ ,न भए अझै आउने समय अन्धकार हुन्छन् भन्ने हाम्रो विष्लेशण हो ।।


Facebook Comment


No ads found for this position