राजकुमार बने मुस्ताङ म्याडनेस च्याम्पियन

राजकुमार श्रेष्ठले १४ घण्टा ५४ मिनेट ५७ सेकेण्डको टाईमिङ्गका साथ उपल्लो मुस्ताङमा पहिलोपटक आयोजित सात दिन सात चरणमा भएको मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको उपाधी जितेका छन् । उपाधी सगै उनले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे । अघिल्लो चरणमा १३ घण्टा ६ मिनेट ४७ सेकेण्डको अग्रताका साथ शुरु गरेका राजकुमार श्रेष्ठले सातौ दिनको अन्तिम चरणको रेस मनाङको मार्फा देखी म्याग्दीको तातोपानी सम्मको ५० किलोमिटरको दुरी १ घण्टा ४८ मिनेट १० सेकेण्डमा पुरा गरे । 
दोश्रो स्थानमा बुद्धिबहादुर तामाङले १६ घण्टा ३३ मिनेट ४० सेकेण्डमा दुरी पुरा गर्दै आपूmलाई दोस्रो स्थानमा उभ्याएका छन् । यस्तै मान बहादुर थापा मगरले १७ घण्टा २२ मिनेट ५२ सेकेण्डमा पार गदै तोश्रो स्थान प्राप्त गरे । उपाधी सगै क्रमशः बुद्धिबहादुर तामाङ र मान बहादुर थापा मगरले १ लाख र ७५ हजार नगद पुरस्कार प्राप्त गरे ।

starting-from-marpha-2
यस्तै राजेन्द्र चेमजोङ्गले १९ घण्टा ५ मिनेट ०९ सेकेण्डमा पुरा गदै चौथो स्थान लिन सफल भए भने सबैभन्दा कान्छो सगभागी १६ बर्षिय प्रचित थापा मगरले भने २० घण्टा १६ मिनेट ४५ सेकेण्डमा पुरा गदै पाचौ स्थान लिए । बिदेशी सहभागीमा बेलायतकी ईजाबेल बोईडल २४ घण्टा ६ मिनेट ३० मा पुरा गरिन भने नेपाली सेनाकी पुष्पा भण्डारीले ३१ घण्टा २९ मिनेट ५० सेकेण्डमा गरिन ।
सात चरणमा सम्पन्न भएको यस प्रतियोगिताको कूल दुरी २२० किलोमिटर रहेको थियो । कागबेनीबाट शुरुभएको भएको यस क्रसक्रन्ट्री साईकल रेसको पहिलो दिन १३.२ किमी दुरी पार गदेै मुक्तिानाथ, दोश्रो दिन मुक्तिानाथबाट ४०७० मिटरको ग्याला पासहुदै २२ किमीको दुरीपार चेलेमा पुगेर सम्पन्न भएको थियो । तेश्रो दिन चेलेबाट घमीसम्मको ३६ किम दुरी रहेको थियो । जसमा प्रतियोगीहरुले ३८६० मिटरको यमदला पास, ३९०० मिटरको स्याङबोचे पास र ४०१० मिटरको नेला पासहरु प्रतियोगिले पार गदै ३६५० मिटरको उचाई रहेको घमी पुगेका थिए । चौथोदिन घमीबाट ३९०० मिटरको लोला पास हुदै २६ किमीको दुरीमा रहेको उपल्लो मुस्ताङको राजधानी लोमाङथाङ पुगेको थियो । ३८०० मिटरमा अबस्थित लोमाङथाङ पुगेका साइकल धावकहरुले एक दिन बिश्राम गरेका थिए ।

starting-from-marpha
लोमाङथाङमा एक दिनको बिश्राम पछि पाँचौ दिन लोमाङथाङबाट टागे र छैठौ दिन टागेबाट मर्फासम्मको दुरी पूरा भएको छ । पाँचौ र छैटौं दिनको यात्रा प्रतियोगिताकै अति नै कठिन चरणहरुमध्येको एक हो । ३३५० मिटरमा अबस्थित टागे सम्म ३२.३ दुरी र र टागेबाट मार्फा सम्म ४८.३ किमी रहेको थियो । छैठो चरणको टागेबाट ४२०० मिटरमा रहेको पाहला पास सम्म करिब ३ किमीको दुरी प्रतियोगीले साईकल बोकेर पार गरेका थिए । यस्तै सातौ दिनको अन्तिम चरण मार्फा देखी म्याग्दीको तातोपानी सम्मको ५० किलोमिटर थियो ।
प्रतिस्पर्धापनि कडा भएता आफूले जितेकोमा खुसी ब्यक्त गदै राजकुमार श्रेष्ठले भने शुरुका चरणमा टाईमिङ्गमा निकै मिहेनत गरेका कारण उपाधी जित्न सफल भएको बताए । हाई एल्टीचुडमा साईकल कुदाउन सजिलो नभएता पनि उपल्लो मुस्ताङको मनोरम दृश्यवालोकन गदै कुदाउन पाउदा आफूलाई उत्साहित बनाएको बताए ।
दितिय स्थान प्राप्त गरेका बुद्धिबहादुर तामाङले उपल्लो मुस्ताङ साईकलिङ्गको लागि उत्तम गन्तव्य भएको बताए । उनले थपे, ‘ उपाधीबाट सन्तुष्ट रहेको र आगामी बर्षमा थप सुधार गदै लक्ष्य भेट्नेछु ।’
तृतिय स्थान प्राप्त गरेका नेपाली सेनाका मान बहादुर थापा मगरले आफनो रिजल्टमा खुसी ब्यक्त गदै सात चरणको फरक फरक ट्रयाकमा साईकल कुदाउन पाउदा आफू निकै रोमान्चित भएको बताए ।

group-picture-at-marpha-gumpa
प्रत्येक चरणमा फरक चुनौती र फरक भूगोल यो रेसको मुख्य कुरा भएको र साईलिङको जति दुःख वा थकाई यहाको मनोरम दृश्य र सस्कृतिले एकै छिनमा भुल्याईदिने बताउदै फार्क मिकलिसज भने रङ्गीचङ्गी डेर्जट ल्याण्डबाट हरीयाली जंङ्गल भएको ठाउमा आएर रेस सकाउदा आफूलाई झरना बाट तल झरेको महसुस भयो उनले भने ।
रेस सफलता साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आयोजक तथा ब्याबस्थापक शिखर पाण्डेले भने मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसले नेपालमा माउण्टेन बाईकिङ्गको बिकास र साहासिक खेल पर्यटन योगदान पु¥याउने र यसले मुस्ताङ्गको पर्यटन प्रबर्दनका साथै नेपाली साईकलिष्टको प्रतिभाको पहिचन र कदर हुने बताए ।
एडभेन्सचर स्र्पोट्स नेपालको आयोजना , नेपाल पर्यटन बोर्ड र हाईमेक्सको सहयोगमा भएको यस प्रतियोगितामा १ नेपाली १ बिदेशी महिला सहित ३ बिदेशी र ७ नेपाली खेलाडीको सहभागिता रहेको छ ।

from-left-bhddhu-bahadur-tamang-raj-kumar-shrestha-and-man-bahadur-thapa-magar


Facebook Comment


No ads found for this position